टाउको दुख्ने समस्या अधिकांश व्यक्तिहरूमा हुने स्वास्थ्य समस्या हो । विभिन्न कामहरूको प्रेसर,स्ट्रेस,चर्को घाममा यात्रा गर्दा, समयमा खाना–खाजा नखाँदा,पर्याप्त निद्रा नहुँदा, धेरै सोच्ने बानीले, शिरमा रक्तप्रवाह कम हुनु,माइग्रेन,डिप्रेसन,एन्जाईटि लगायतका कारणहरूले टाउको दुख्ने समस्या सिर्जित गराउँछ । त्यसैले हामीले टाउको दुखाइको निवारणका लागि सोच्न जरुरी छ ।
कसरी हल गर्ने टाउको दुख्ने समस्या
–नियमित दुई पटक १० देखि २० मिनेट ध्यान गर्नाले शरीर र मन दुबैलाई आराम मिल्छ । टाउकोमा रक्तप्रवाह बढ्छ । जसकारण तपाईँलाई समस्याबाट राहत मिल्छ ।
–टाउको दुख्ने समस्याबाट छुटकारा पाउनका लागि तपाईले शरीरलाई पानीको कमी हुनबाट बचाउन पनि जरुरी छ । तपाईँले पर्याप्त मात्रामा पानी पिउनुभयो भने टाउको दुख्ने समस्याबाट बच्न सकिन्छ ।
–मांसपेशी र शरीर खुम्चँदा पनि टाउको दुख्छ । यसका लागि तपाईँले थोरै थोरै समयमा स्ट्रेचिङ गर्नु निकै राम्रो हुन्छ । यी उपायहरू अपनाएर तपाई टाउको दुख्ने समस्याबाट राहत पाउन सक्नुहुन्छ ।
– हालै गरिएको एउटा अध्ययनले फोलेटयुक्त भोजनको कमीका कारण बारम्बार माइग्रेन दुख्ने गरेको तथ्य पत्ता लगाएको थियो । त्यसैले हरिया सागपात, गेडागुडी, बिउ, कुखुराको मासु, अन्डा, सुन्तला, कागती, अङ्गुर, भोगटेजस्ता फलफूल पर्याप्त मात्रामा खाने गर्नुपर्छ ।
–धनियाँको पात, जिरा र अदुवा राखेर बनाएको चिया पिउनाले पनि लगातार दुखिरहने तपाईँको टाउको कम हुन्छ ।
–टाउको दुखाइका लागि ल्वाङ र नुनको पेस्ट एक प्रभावकारी उपचार पद्धति मानिन्छ । ल्वाङको पाउडर र नुनलाई दूधमा मिसाएर पिउनुहोस् । नुनमा हाइग्रस्कापिक गुण पाइन्छ जसले टाउको दुखाइबाट आराम मिल्दछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया