मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

साहित्य सन्ध्या पुरस्कारबाट पाँच जना सम्मानित

काठमाडौं– साहित्य सन्ध्याकोे ४५४ औँ विशेष शृङ्खला अन्तर्गत शनिबार पाँचजना साहित्यकारलाई ‘साहित्य सन्ध्या पुरस्कार तथा सम्मान’ प्रदान गरिएको छ ।

नेपाली प्रगतिवादी साहित्यमा योगदान गरिरहेका विभिन्न स्रष्टालाई पदमकन्या क्याम्पस बागबजारमा आयोजित कार्यक्रममा पुरस्कार तथा सम्मान’ अर्पण गरिएको हो ।

सम्मानित तथा पुरस्कृत हुनेहरुमा साहित्यकार शिवनारायण पण्डित (एनपी सिङ्गल), सोइना दाहाल, विनोद बाजुरेली, सत्यदेवी खड्का अधिकारी र कृष्ण बजगाईँ छन् ।

साहित्य सन्ध्याका अध्यक्ष राम विनयको अध्यक्षता र उपाध्यक्ष रमेश पोखरेलको सञ्चालनमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथिका रूपमा साहित्यकार एवं पूर्वमन्त्री, नेकपा एमाले उपमहासचिव प्रदीप ज्ञवालीकोसमेत उपस्थिति थियो ।

कार्यक्रमको विशिष्ट अतिथिका रूपमा नेपाल प्रज्ञा प्रतिष्ठानका निवर्तमान कुलपति गङ्गाप्रसाद उप्रेतीको उपस्थिति रहेको थियो । भने अन्य अतिथिहरूमा शान्ता मानवी, खगेन्द्र राई, प्रा.डा.जीवेन्द्रदेव गिरी र प्रेमनाथ अधिकारी लगायतको उपस्थिति थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?