मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

‘गुलमोहर’लाई उत्कृष्ट हिन्दी फिल्मको अवार्ड

काठमाडौँ – भारतको ७०औँ राष्ट्रिय चलचित्र अवार्डमा मनोज बाजपेयी र शर्मिला टैगोरको फिल्म ‘गुलमोहर’ उत्कृष्ट हिन्दी फिल्म बनेको छ ।

शुक्रबार घोषणा गरिएको अवार्डमा कान्ताराले सर्वोत्कृष्ट अभिनेता र उत्कृष्ट चलचित्रको अवार्ड जितेको छ भने फिल्मका लागि ऋषभ शेट्टी उत्कृष्ट अभिनेता चुनिएका हुन् ।

त्यस्तै तमिल फिल्म तिरुचित्रम्बलमका लागि नित्या मेनेन र गुजराती फिल्म कच्छ एक्सप्रेसका लागि मानसी पारेख उत्कृष्ट अभिनेत्री बनेकी छन्।

होम्बल फिल्म्सले ७० औँ राष्ट्रिय चलचित्र पुरस्कारमा चार अवार्ड जित्दा यसै प्रोडक्सनको ब्यानरमा बनेको कान्ताराले दुई अवार्ड पाएको छ भने केजीएफ २ ले थप दुई अवार्ड जितेको छ । केजीएफ २ ले सर्वोत्कृष्ट कन्नड चलचित्र, सर्वोत्कृष्ट एक्सन निर्देशकको अवार्ड पाएको हो ।

फिल्म उचाईबाट सुरज बडजात्याले उत्कृष्ट निर्देशकको अवार्ड पाएका छन् । यस फिल्मबाट नीना गुप्ताले उत्कृष्ट सह–अभिनेत्रीको अवार्ड जितेकी छिन् । पार्श्व गायन विधामा अरिजित सिंहले ब्रह्मास्त्रबाट अवार्ड जितेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?