मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

कोटिहोमको अन्तिम दिन पशुपतिमा तनाव

काठमाडौँ – एक महिनादेखि पशुपतिनाथ परिसरमा ‘कोटिहोम’ का नाममा सञ्चालित धार्मिक कार्यक्रमको समापनमा तनाव भएको छ।

साउन ३२ गते कार्यक्रम समापन हुँदै गर्दा सोधपुछका लागि पुगेका सादा पोशाकका प्रहरी र आयोजक पक्षबिच झडप भएको हो।

कोटिहोम विवादित भएका खबर सार्वजनिक भएपछि सोधपुछका लागि पुगेका प्रहरीमाथि आयोजक विजय भण्डारीका समर्थकले आक्रमण शुरु गरेपछि पशुपति क्षेत्रमा तनाव भएको हो।

कार्यक्रम आयोजक भण्डारीसँग सोधपुछ गर्न सादा पोशाकका प्रहरी घटनास्थलमा पुगेका थिए। तर, त्यहाँ उपस्थित केही व्यक्तिले प्रहरीमाथि हातपात गरेका हुन्। त्यस क्रममा रिपोर्टिङका लागि पुगेका पत्रकारहरूमाथि पनि आक्रमण भएको थियो । 

विभिन्न फेसबुक पेजबाट समेत लाईभ गरिएको भिडियोमा आयोजक विजय भण्डारीले आफ्नो समर्थकलाई आन्दोलनमा उत्रिन आह्वान नै गरे । 

बङ्गलादेश बनाइदिने भन्दै आपत्तिजनक अभिव्यक्ति उनले दिदाँ समर्थकहरू भने अश्लील गालीगलौजसहित झडपमा उत्रिएका थिए । उनले फेसबुक लाइभमार्फत प्रहरीले बिना पक्राउ पुर्जी आफूलाई गिरफ्तार गर्न खोजेको आरोपसमेत लगाएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?