मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

गाजा युद्धमा घाइते भएका ४१ प्यालेस्टिनीलाई उपचारका लागि मलेसिया लगिँदै

काठमाडौँ – गाजा युद्धमा घाइते भएका ४१ जना प्यालेस्टिनी नागरिकलाई शुक्रबार उपचारका लागि मलेसिया लगिएको अधिकारीहरूले बताएका छन् ।

आठ महिनादेखि ६२ वर्ष उमेर समूहका प्यालेस्टिनीलाई मलेसियाली वायु सेनाको दुईवटा यातायात विमानमा इजिप्टको राजधानी कायरोबाट उपचारका लागि बहुसंख्यक मुस्लिम राष्ट्रमा लगिएको हो ।

“हामीले यो मिसन विशुद्ध रूपमा मानवीय दृष्टीकोणबाट प्यालेस्टाइनका जनतासँग हाम्रो एकता देखाउनका लागि गरेका हौँ”, मलेसियाका रक्षामन्त्री मोहम्मद खालिद नोर्डिनले भने ।

घाइतेहरुको स्थिति १९ घण्टासम्मको उडानको लागि ठीक छ वा छैन भन्ने मूल्याङ्कनपछि मात्र उनीहरुलाई उपचारका लागि लगिएको नोर्डिनले बताए । घाइतेहरूका साथमा परिवारका ८६ जना सदस्य वा नजिकका आफन्तहरू थिए।

इजरायली आधिकारिक तथ्याङ्कअनुसार अक्टोबर ७ मा हमासले इजरायलमा गरेको अभूतपूर्व आक्रमणबाट गाजा युद्ध सुरु भएको थियो जसको परिणामस्वरूप १ हजार १९८ जनाको मृत्यु भएको थियो । मृत्यु हुनेमा अधिकांश आम नागरिक थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?