मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

भारतीय अन्तरिक्ष एजेन्सीद्वारा पृथ्वी अवलोकन उपग्रहको सफलतापूर्वक प्रक्षेपण

काठमाडौँ – भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन ‘इसरो’ ले शुक्रबार पृथ्वी अवलोकन उपग्रह इओएस–०८ बोकेको तेस्रो र अन्तिम विकास उडान अर्थात सानो स्याटेलाइट लञ्च भेहिकल ‘एसएसएलभी’–डी ३ को सफलतापूर्वक प्रक्षेपण गरेको अधिकारीहरूले बताएका छन् ।

एसएसएलभी–डी ३ ले दक्षिणी भारतीय राज्य आन्ध्र प्रदेशस्थित बङ्गालको खाडी तटमा रहेको श्रीहरिकोटाको लन्च प्याडबाट स्थानीय समयानुसार बिहान ९ः१७ मा उडान भरेको थियो ।

“एसएसएलभीको तेस्रो विकासात्मक उडान सफल रह्यो । एसएसएलभी–डी ३ ले इओएस–०८ लाई ठीक सटीक रूपमा कक्षमा स्थापित गर्यो”, इसरोले सामाजिक सञ्जालमा पोस्ट गरेको विज्ञप्तिमा भनिएको छ, “यो इसरो÷डिओएसको एसएसएलभी विकास परियोजनाको सफल समापनका प्रतीक हो, प्रविधि हस्तान्तरणसँगै भारतीय उद्योग र न्यु स्पेस इन्डिया लिमिटेडले अब व्यावसायिक मिसनका लागि एसएसएलभीको उत्पादन गर्नेछन् ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?