मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

सहकर्मीको हत्यापछि भारतीय चिकित्सकहरू हडतालमा

नयाँदिल्ली – सहकर्मीको बलात्कार र हत्यापछि भारतीय चिकित्सकहरूले शुक्रबार देशव्यापी विरोध प्रदर्शन र हडताल बढाएका छन् । उक्त क्रुर हत्याले महिलाविरुद्ध हिंसाको पुरानो मुद्दामा आक्रोशलाई केन्द्रीत गरेको छ ।

पूर्वी सहर कोलकाताको एक सरकारी अस्पतालमा अगस्ट ९ मा ३१ वर्षीया महिलाको रगतले लतपतिएको अवस्थामा शव भेटिएपछि देशव्यापी विरोध प्रदर्शन सुरु भएको हो ।

नयाँदिल्लीमा सरकारद्वारा सञ्चालित अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स) अस्पतालबाट शुभ्राङ्कर दत्ताले शुक्रबार भने, ‘हामीले हाम्रा सहकर्मीलाई न्यायको माग गर्न विरोध प्रदर्शनलाई तीव्रता दिइरहेका छौँ ।’

धेरै राज्यका सरकारी अस्पतालहरूमा उनीहरूले विरोध स्वरूप वैकल्पिक सेवाहरू ‘अनिश्चित कालका लागि’ बन्द गरेका छन् । सरकारी तथा निजी दुवै प्रणालीमा धेरै चिकित्सा सङ्गठनहरूले हडतालको समर्थन गरेका छन् ।

हत्याको निन्दा गर्नका लागि हजारौँले बुधबार रातभर कोलकाताको सडकहरूमा जुलुस निकालेका थिए ।

इन्डियन मेडिकल एसोसिएसनले निजी अस्पतालहरूमा सबै अनावश्यक र चिकित्सा प्रक्रियाहरू निलम्बन गर्दै शनिबार २४ घन्टाका लागि ‘देशव्यापी सेवाहरू बन्द गर्न’ आह्वान गरेको छ ।

शिक्षण अस्पतालको सेमिनार हलमा हत्या गरिएकी चिकित्सकको शब फेला परेको र उनी लामो सिफ्टका क्रममा केही समयका लागि आराम गर्न त्यहाँ गएको भारतीय सञ्चारमाध्यमले बताएका छन् ।

भारतीय प्रसारक एनडिटिभीका अनुसार शव परीक्षणले यौन दुर्व्यवहार भएको पुष्टि गरेको छ । पीडितका बुबाआमाले आफ्नी छोरीमाथि सामूहिक बलात्कार भएको आशंका गरेका छन् ।

प्रहरीले अस्पतालमा व्यस्त लाइनमा सहयोगीको काम गर्ने एक व्यक्तिलाई हिरासतमा लिएको छ । राज्य सरकारका अधिकारीहरूमाथि यो विषयलाई दुरुपयोग गरेको आरोप लगाइएको छ ।

भारतमा महिलाविरुद्ध यौन हिंसा व्यापक समस्या हो । एक अर्ब ४० करोड जनसङ्ख्या भएको मुलुकमा सन् २०२२ मा प्रतिदिन औसत करिब ९० बलात्कारको घटना रिपोर्ट गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?