काठमाडौँ – श्रीलंकाको स्पेसएक्सको लियो स्याटेलाइट ब्रोडब्यान्ड अपरेटर स्टारलिंकलाई देशमा सेवाहरू प्रदान अनुमति दिएको छ ।
दूरसञ्चार नियामक आयोग (टिआरसीएसएल) ले मंगलबार आधिकारिक रूपमा टेलिकम इजाजतपत्र जारी गरेको हो । लाइसेन्स अगस्त १२ देखि लागू हुने टिआरसीएसएले विज्ञप्तीमार्फत जानकारी दिएको छ ।
यसले स्याटेलाइट टेक्नोलोजी मार्फत स्टारलिंकलाई श्रीलंकामा “इन्टरनेट” सुविधा सेवाहरू प्रस्ताव गर्न सक्षम बनाउँने छ भने स्टारलिंकले इजाजतपत्रको लागि तोकिएको सरकारी शुल्क तिर्नुपर्नेछ।
यस अघि टिआरसीएसएलको फास्ट ट्र्याक प्रक्रिया पछि स्टारलिंकले जुनमा प्रारम्भिक स्वीकृति प्राप्त गरेको थियो । तर सरकारको टेलिकम कानुन बाधक बन्दा काम गर्न समस्या भइरहेको थियो ।
यहिबीचमा संसदले गत महिना श्रीलंका दूरसञ्चार (संशोधन) विधेयक पारित गरेपछि भने स्टारलिंकको लागि बाटो खुलेको थियो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया