मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

घरको सौन्दर्य बढाउन कोठामा राख्नुहोस् यी फूल

फूलको नाम सुन्ने बित्तिकै यतिकै पनि जो कसैको मनमा यसको सुवास र सौन्दर्यको आभास गराउँछ । विभिन्न रङका फूलका प्रजातिहरुले घरको सौन्दर्य र आँखालाई समेत शीतलता प्रदान गर्छ ।

घरभित्र सजाइने फूलहरुले हाम्रो घरभित्रको सौन्दर्य शक्ति बढाउनुका साथै आकर्षक समेत बनाउँछ । घरभित्र सजाइने अधिकांश फूलका प्रजातिहरु हेरचाह गर्न सजिलो हुने हुन्छन् ।

जुन प्राकृतिक पर्यावरण र सजावटका लागि उत्तिकै उपयोगी मानिन्छ । यसले वायु शुद्धतासँगै हाम्रो मानसिक एकाग्रता, स्मरण शक्ति बढाउन समेत सहायता पुर्‍याउने विज्ञहरुको मत छ ।

फूलका बिरुवाहरुको हेरचाहमा समय बिताउँदा मानिसको फुर्सदको सदुपयोग हुन्छ नै यसले मानिसमा प्रकृति प्रेमभाव समेत उत्पन्न गराउँछ । त्यसकारण हामी घरभित्र सजाउन सकिने फूलहरुबारे चर्चा गर्छौं ।

घरभित्र राख्न सकिने फूलका प्रजातिहरु

अफ्रिकन भ्वाइलेट
घरको सौन्दर्यको लागि राख्न सकिने अफ्रिकन भ्वाओलेट फूलका प्रजातिहरुमा निकै सुन्दर मानिन्छ । गाढा भिजेका जस्ता बाक्ला पातहरुमा यो फूल नीलो, गुलाबी, सेता, रातो र पर्पल रङहरुमा फुल्छन् । यसका लागि थोरै मात्र पानीको आवश्यकता पर्दछ । माटो सुख्या भएको अवस्थामा थोरै पानी राखेर कम्तिमा पनि १० दिनमा सूर्यको किरणमा यसलाई राख्नुपर्छ । यो फूल फुलाउनका लागि ६० देखि ८० फरेनहाइट सम्मको तापक्रम चाहिन्छ ।

कालान्चाउ
इन्द्रेणी रङहरु झैैं फुल्ने यो फूल घरभित्र सजाइने फूलहरुमध्ये लोकप्रिय मानिन्छ । साना बुट्यानहरुमा फुल्ने यस फूललाई घरभित्रसँगै घरको छत, बार्दली र झ्यालमा समेत राख्न सकिन्छ । यसको उचाइ १२ देखि १८ इन्च हुन्छ । यसका फूलका पत्ताले पानी सञ्चय गर्ने भएकोले थोरै हेरचाहमा यसको फैलावट हुन्छ । धेरै चिसो तापक्रममा यो फैलन सक्दैन ।

क्याथलिया
फूल र रङकै आधारमा यो फूल धेरैको रोजाइमा पर्छ । हरियो पातसहित चम्किला सुन्तला रङका यी फूलहरुले सबैको मन लोभ्याउँछ । यो फूल फुलेपछि तीन महिनासम्म रहन सक्छ । यो फूल ५९ डिग्री फरेनहाइट देखि १५ डिग्री सेल्सियससम्मको तापक्रममा रहन सक्छ । तापक्रम, प्रकाश र उज्यालोमा यस फूल राम्रोसँग सप्रन सक्छ ।

एन्थुरियम वा फ्लेमिङ्गो लिली
हेरचाह गर्न सजिलो फूलका रुपमा एन्थुरियम वा फ्लेमिङ्गो लिलीलाई लिइन्छ । हरिया पातमा रातो, सेतो र गुलाबी रङमा यी फूलहरु फुल्छन् । यी विरुवाहरु घरभित्रै राखिने भएपनि केही विषाक्त तत्व यसमा भएकोले साना बच्चाहरु र घरपालुवा जनावरबाट टाढा राख्नुपर्छ । २.५ इन्च अग्लो यो फूल ५८ देखि ६८ डिग्री फरेनआइटको तापक्रममा रहन सक्छ ।

अमारिलस
घरभित्र राखिने इन्डोर फूलहरु मध्ये यो फूलको बुट्यान अलिकति अग्लो हुन्छ । जाडो र वसन्तकालीन समयमा समेत यो फूल फुल्न सक्छ । हरिया डाँठको माथि फुलेका फूल होस् या कोपिलाले घरको सौन्दर्य बढाउनुको साथै मानसिक रुपमा आनन्द प्रदान गर्छ । यो फूल रातो, सेतो, गुलाबी र मरुन रातोमा समेत फुल्छन् ।

होया कार्नोजा
तारा आकारमा फुल्ने यस फूलको प्रजाति दक्षिण भारतबाट उत्पत्ति भएको हो । यो फूलको सौन्दर्य मात्र नभएर बास्ना समेत निकै सुगन्ध मिसिएको हुन्छ । झुण्डिएको अवस्थामा फुल्ने यो फूललाई धेरै हेरचाह समेत गर्नुपर्दैन । यो फूल ४ इन्चदेखि १० सेन्टिमिटर उचाइको हुन्छ । यसलाई चिसो माटोमा पानी जम्मा नगरी हुर्काउन सकिन्छ ।

स्ट्रेप्टोकार्पस
मार्चदेखि नोभेम्वर महिनासम्म फुल्ने यस फूललाई घरभित्र मात्र नभएर बाहिर समेत राखेर सजाउन सकिन्छ । सेतो, फिक्का गुलाबीदेखि राता रङहरुमा यी फूलहरु फुल्छन् । यो फूलका लागि प्रकाशको किरण साथै पानीको समेत आवश्यकता पर्दछ । लामा तर मसिना डाँठहरुमा फुल्ने यस फूलहरु निकै आकर्षक र सुन्दर देखिन्छ ।

फ्यालानोप्सिस
निकै बाग्लो रुपमा फुल्ने यस फूलले घरको सौन्दर्य बढाउन निकै सघाउ पु¥याउँछ । कोठाभित्र सजिलै हुर्काउन सकिने यस फूलहरु सेतो, गुलाबीसँगै पुतलीको स्वरुपमा समेत फुल्छन् । एकचोटी फुलेपछि तीन महिनाभन्दा बढी समयसम्म यो फुलिरहन्छ । यसका पातहरु फराकिलो र गाढा हरिया रङका हुन्छन् । ४० देखि ५० डिग्री सेल्सियस तापक्रममा रहन सक्ने यस फूलका धेरै रङ र प्रजातिहरु छन् ।

फ्यावरिङ बल्बस्
घरको सुन्दरता र सुगन्धका लागि यस फूलहरु निकै उपयोगी मानिन्छ । यसका धेरै प्रजातिहरु हुन्छन् । यसका धेरैजसो प्रजातिहरु गर्मी मौसममा फुल्ने किसिमका हुन्छन् । यी फूलहरु हरिया डाँठमा सेतो, गुलाबी, प्याजी जस्ता विभिन्न रङका फुल्छन् । यो फूल दुई देखि तीन हप्तासम्म फुल्न सक्छ ।

ट्युस्टर लिपस्टिक प्लान्ट
घरका रेलिङ होस् या भर्‍याङहरुमा समेत झुण्ड्याएर राख्न सकिने यो फूल मात्र नभएर यसको पात समेत सुन्दर र आकर्षक देखिन्छ । रातो रङका फूलहरुका साथमा लहरा जस्ता स्वरुपमा यसका पातहरु हुन्छन् । यो फूल २३ इन्चदेखि ६० सेन्टिमिटरसम्म लम्बाइको हुन्छ । न्यानो हावापानीमा सप्रने यो फूलको बिरुवा ६४ डिग्री फरेनहाइटदेखि १८ डिग्री सेल्सियस तापक्रममा रहन सक्छ । सिधा घाममा नपर्ने गरी कोठा र भान्छाकोठामा समेत यसलाई राख्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?