काठमाडौँ – भारतका चर्चित कमेडियन कपिल शर्माले आफ्नो चर्चित शो ‘द ग्रेट इन्डियन कपिल शो’ को नयाँ सिजनको घोषणा गरेका छन् । नेटफ्लिक्समा प्रसारण हुने यो शो अब दोस्रो सिजन आउने भएको हो ।
कमेडियन कपिल शर्माले आफ्नो शो ‘द ग्रेट इन्डियन कपिल शो’ को दोस्रो सिजनको औपचारिक पुष्टि गरेका छन्, जसले आफ्ना फ्यानहरूलाई उत्साहित बनाएको छ । कपिल शर्माले इन्स्टाग्राममा पोष्ट शेयर गर्दै फ्यानहरूलाई यो खुसीको खबर दिएका छन् ।
पहिलो सिजन सकिएको दुई महिनापछि दोस्रो सिजनको औपचारिक घोषणा भएको छ । नेटफ्लिक्सले साझा गरेको भिडियोमा पहिलो सिजनका यादगार क्षणहरू देखाइएको छ ।
यस शो को पहिलो सिजनको औसत प्रतिक्रिया आएको थियो । पहिलो सिजनमा नेटफ्लिक्समा १३ भाग प्रसारण गरिएको थियो । यस अघि टेलिभिजनमा प्रसारण हुने कपिलको शो नेटफ्लिक्समा प्रसारण भएपछि अलि सीमित दर्शकले मात्र हेरेका कारण पहिलो जस्तो लोकप्रियता पाउन नसकेको बताइएको थियो ।
‘द ग्रेट इन्डियन कपिल शो’ मा कपिल शर्मासँगै कृष्णा अभिषेक, किकु शारदा, अर्चना पूरन सिंह र राजीव ठाकुर पनि छन् ।
शोको पहिलो सिजनमा आमिर खान, रणवीर कपूरसँगै उनकी आमा नीतु कपूर र बहिनी रिद्धिमा साहनी, कार्तिक आर्यन, दिलजीत दोसांझ र परिणीति चोपडालगायत अन्य धेरै स्टार अतिथिका रूपमा आएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया