काठमाडौँ – चलचित्र विकास बोर्डको अध्यक्ष पदका लागि आवेदन दिनेको सङ्ख्या ६ पुगेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले दिएको १५ दिनको समयमा ६ जनाले आवेदन दिएका हुन् ।
मन्त्रालय स्रोतका अनुसार अध्यक्षका लागि फिल्म निर्देशक दिनेश डिसी, अभिनेत्री करिश्मा मानन्धर, संस्कृतिकर्मी राजेशकुमार थापा, निर्माता तथा बोर्ड सदस्य अर्जुनकुमार डङ्गोल, निर्देशक दीपा पाण्डे बस्नेत र बोर्ड सदस्य प्रकाश भट्टराईले आवेदन दिएका हुन्।
यीमध्ये डङ्गोल, भट्टराई र पाण्डे बस्नेतले भने बुधवारमात्रै आवेदन दिएका हुन् । यसमा पनि मुख्य भिडन्त भने डीसी र मानन्धरबीच हुने आङ्कलन गरिएको छ ।
सरकारको नेतृत्व गरिरहेको दल नेकपा एमालेले नै सञ्चार मन्त्रालयको नेतृत्व गरिरहेको हुँदा एमाले निकटले नै नियुक्ति पाउने पक्का रहेको छ । त्यसाे त आवेदन दिएका सबै एमाले निकट कलाकार हुन् ।
यसअघि सञ्चार मन्त्रालयले निवर्तमान अध्यक्ष भुवन केसीको केसीको कार्यकाल सकिएसँगै साउन १६ गते १५ दिनको समय दिएर आवेदन मागेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया