काठमाडौँ – जेद्दा सिजनमा सहभागी हुन अभिनेत्रीद्वय केकी अधिकारी र रीमा विश्वकर्मा साउदी अरब पुगेका छन् ।
बुधबार बेलुका त्यसतर्फ प्रस्थान गरेका उनीहरूसहितको नेपाली टोलीले १६ अगस्टमा दुई घण्टा प्रस्तुति दिने कार्यक्रम छ ।
केकीले आफ्नो सुपरहिट फिल्म ‘बोक्सीको घर’को हिट गीत ‘बुझिनँ मैले’मा नृत्य प्रस्तुति दिनेछिन् र एउटा छोटो नाटक प्रस्तुत गर्नेछिन् । रीमाले कार्यक्रम होस्ट गर्नेछिन् । केकीसँग केही कोरस डान्सर पनि सँगै छन् ।
जेद्दा सिजनमा सहभागी हुन गायक प्रमोद खरेल र उनको ब्याण्ड परम्परा पनि त्यसतर्फ प्रस्थान गरेको छ । त्यहाँ हुने कल्चरल कन्सर्टमा नेपालसहित आठ एसियाली मुलुकका कलाकारले संस्कृति झल्किने साङ्गीतिक प्रस्तुति दिंदैछन् ।
साउदी सरकारले पर्यटन, मनोरञ्जन र खेलकुद क्षेत्रको प्रवर्द्धन गर्ने उद्देश्यले वर्षेनी ‘जेद्दा सिजन’को आयोजना गर्छ । यस वर्षको संस्करणमा एसियाली मुलुकलाई लक्षित गर्दै ‘कल्चरल ओडिसी’ कार्यक्रम तय गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया