मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

पहिरोले मध्यपहाडी लोकमार्ग अवरुद्ध

जोयनेपाल
169
Shares
फाइल फोटो

सिन्धुली – पहिरोले मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ।

सिन्धुलीको गोलन्जोर गाउँपालिका-७ अक्करे भीरमा अविरल वर्षासँगै आएको पहिरो, ढुङ्गा र माटोसहितको लेदोका कारण लोकमार्गको सिन्धुली खुर्कोट–घुर्मि खण्ड अवरुद्ध भएको हो।

बिहीबार बिहान पौने ६ बजेदेखि दुवैतर्फको सडक अवरुद्ध भएको सिन्धुलीका प्रहरी प्रमुख गोविन्दराज काफ्लेले बताए। अवरुद्ध सडक खुलाउन इलाका प्रहरी कार्यालय खुर्कोट र प्रहरी चौकी ग्वाल्टारका प्रहरी उक्त स्थानमा पुगिसकेको काफ्लेले जानकारी दिए।

सडक  अवरुद्ध हुँदा पहाडी जिल्लाहरू खोटाङ, ओखलढुङ्गा, सोलुखुम्बुबाट राजधानी काठमाडौँ हिँडेका सवारीसाधन र राजधानीबाट ती जिल्लामा आएका सवारीसाधन बीच बाटोमै अलपत्र परेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?