काठमाडौँ – सहरी जीवनको व्यस्तताका कारण घरमै ट्रेडमिल राखेर एक्सरसाइज गर्नेको सङ्ख्या बढ्दै छ । जुन जिम जाने वा बाहिर व्यायाम गर्न जाने भन्दा सहज पनि हो ।
तर घरमै ट्रेडमिल राखेर एक्सरसाइज गर्छु भन्ने कुरा जति सजिलो सुनिन्छ एक्लै गर्दा केही सावधानीहरू अपनाउनु पर्ने भने हुन्छ । किनभने पहिलो पटक ट्रेडमिलमा हिँडेर एक्सरसाइज गर्दै हुनुहुन्छ भने चोट लाग्ने सम्भावना पनि हुन्छ ।
यदि तपाईँलाई लामो समय देखि ट्रेडमिलमा दौडेर एक्सरसाइज गर्ने चाहना छ भने यसमा कसरी दौडँदा तपाईँलाई फाइदा गर्छ भन्ने केही उपयोगी त्यसबारे पनि जानकारी हुन जरुरी छ । आज हामी यसै विषयमा चर्चा गर्दै छौ ।
– ट्रेडमिलमा दौडनु अघि पनि वार्मअप गर्नु जरुरी नै हुन्छ । उठ्ने बित्तिकै बित्तिकै ट्रेडमिलमा दौडने कतिपयको बानी हुन्छ । यो कार्य तपाईँको शरीरकारलागि बेफाइदाजनक हुन सक्छ । वार्मअप विना ट्रेडमिलमा दौडँदा चोट लाग्ने सम्भावना बढ्न सक्छ ।
– ट्रेडमिलमा दौडँदा बिस्तारै दौडन सुरु गर्नु पर्छ । ट्रेडमिललाई १ देखि २ प्रतिशत माथि तिर सेट गरेर दौडन सुरु गर्नु पर्छ । यदि तपाई हिँड्नको लागी मात्र ट्रेडमिलको प्रयोग गर्दै हुनहुन्छ भने यसलाई शून्यमा राख्नु राम्रो हुन्छ ।
– पहिलो पटक ट्रेडमिलमा दौडँदै हुनुहुन्छ भने तपाईँलाई यसको फङ्सनहरुका बारेमा राम्ररी जानकारी हुनुपर्छ । यसको फङ्सनहरुमा स्पिडलाई कसरी बढाउने–घटाउने र कसरी बन्द गर्ने भन्ने जान्नु पर्छ । अन्यथा तपाई चोटको सिकार बन्न सक्नुहुन्छ ।
– ट्रेडमिलमा दौडनको लागी पनि आरामदायी जुत्ताको प्रयोग गर्नुपर्छ । आफ्नो साइजको र लगाउन सजिलो हुने किसिमको जुत्ता लगाउनु पर्छ । यसले तपाईँको ध्यान भड्किँदैन र तपाई दौडमा मात्र केन्द्रित हुन सक्नुहुन्छ ।
– ट्रेडकिलमा दौडँदा ब्यालेन्स मिलाउनु पर्छ । पहिलो पटक ट्रेडमिलमा दौडँदै हुनुहुन्छ भने तपाईँले ट्रेडमिलको ह्यान्डिलमा समात्नु हुन्छ । तर यसो गर्दा तपाईँलाई चोट लाग्ने सम्भावना बढी हुन्छ, यसको साथै तपाईँको ब्यालेन्स र पोजिसन पनि बिग्रिन सक्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया