मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

रुसका ‘एडसेन्स’ एकाउन्ट रद्द गर्दै गुगल

काठमाडौँ – गुगलले रुसमा आधारित एडसेन्स एकाउन्टहरू निष्क्रिय गर्ने भएको छ।

आफूले रुसमा रहेका विज्ञापन सेवाका प्रयोगकर्ताहरूलाई भुक्तानी गर्न नसक्ने बताउँदै कम्पनीले सोमबार यस्तो निर्णय लिएको हो ।

गुगलले के कति कारणले गर्दा यस्तो निर्णयमा पुगेको भन्नेबारे केही खुलाएको छैन । तर रुसमा हालैका दिनमा युट्युब भिडियो होस्टिङ प्लेटफर्ममा सुस्तता आइरहेको छ।

यसका पछाडि सन् २०२२ को युक्रेन आक्रमणपछि रुसमा उसले आफ्नो उपकरण अपग्रेड गर्न असफल हुनुलाई मानिएको छ । तर यो भनाइमा कम्पनी र प्राविधिक विशेषज्ञहरू सहमत नभएको जनाइएको छ।

विशेष गरी मस्कोले अवैध ठानेको सामग्री नहटाएका कारण गुगल रुसमा धेरै वर्षदेखि दबाबमा रहँदै आएको छ।

रुसले रुसी भाषाको स्वतन्त्र मिडियालाई दबाउँदै आएका कारण  हालसम्म युट्युब रुसमा स्वतन्त्र अभिव्यक्तिको लागि अनलाइन एक मात्र विकल्पको रूपमा रहँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?