मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

घुर्ने समस्याले बढ्छ यस्ता रोगहरूको जोखिम 

निन्द्राको समयमा कतिपयको घुर्ने बानी हुन्छ । र यही बानीले अन्य व्यक्तिहरूलाई भने डिस्टर्ब गरिरहेको हुन्छ । सुतेपछि आफू घुरेको पत्तो हुँदैन तर ऊसँगै सुतेको मानिसको निद्रामा असर पर्छ । कहिलेकाहीँ घुर्ने बानी हुनु सामान्य नै हो । तर दिनहुँ तपाई घुर्नुहुन्छ भने जटिल स्वास्थ्य समस्या समेत देखिन सक्छ । 

सामान्यतया सुत्ने पोजिसन परिवर्तन गर्ने र बजारमा पाइने नाकमा राख्ने यन्त्र प्रयोग गर्नु पनि घुर्ने समस्याबाट छुटकारा पाउने सरल तरिका हो । त्यसैगरी, यदि एलर्जी वा स्लीप एपनिया जस्ता चिकित्सा समस्याहरूको कारणले घुर्ने क्रम हुँदा चिकित्सकको सल्लाह अनुसार उपचार गर्न सकिन्छ ।

अब कुरा गरौँ किन हुन्छ घुर्ने समस्या ?

सुतिरहेको बेलामा सास लिने हावा घाँटीबाट जाँदा घाँटीको तन्तुहरूमा कम्पन बनाएपछि मानिसहरू घुर्ने गर्दछन् । त्यसैगरी, धेरै मादक पदार्थ खाएर सुतेको बेलामा समेत मानिसहरू घुर्ने गर्छन्। यस्तै मोटोपन,सुगर र प्रेसर रोग,असहज सुताइ,धूम्रपान तथा मद्यपान सेवन,टन्सिल आदिको कारणले पनि मानिसहरूमा घुर्ने समस्या हुन्छ । 

यसकारण घातक बन्न सक्छ घुर्ने समस्या

घुर्दा निद्रा र श्वासप्रश्वास पक्रिया गडबड हुने हुँदा घुर्न समस्याले उच्च रक्तचापको जोखिममा पर्न सक्छन् । यस्तै धेरै जसो घुर्ने रोगबाट पीडित हुनेहरू हृदयाघात भई निद्रामै ज्यान गएका केसहरू धेरै छन् । 

घुर्नेहरूमा मस्तिष्क घातको समस्या पनि देखा पर्ने । घुर्ने समस्याबाट ग्रस्त भएकाहरू एकाग्र हुन नसक्ने चिकित्सकहरू बताउँछन् । यस्तै घुर्ने बानी भएकाहरू लाई पर्याप्त अक्सिजन नपुग्ने र ठिकसँग निदाउन नपाउने हुँदा हर्मोनहरुको गडबडी हुन जान्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?