मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

थाहा पाउनुहोस् चुकन्दरसँग जोडिएका सात जानकारी

चुकन्दरलाई सलादको रूपमा सेवन गर्ने गरिन्छ । गाढा रातो रङ्गको चुकन्दर सलगम जस्तै हुन्छ । यसले शरीरमा रगतको मात्रा बढाउन सहयोग गर्छ । यसमा आइरन पाइन्छ ।

आइरनका साथै यो भिटामिन सिको राम्रो स्रोत हो । यसको नियमित सेवनले भिटामिन ए, बी, बी १, बी २, बी ६ र भिटामिन सी को पूर्ति गराउँछ ।

चुकन्दर खानु स्वास्थ्यका लागि एकदमै फाइदाजनक मानिन्छ । यसको सेवनले शरीरमा रगतको कमी पूरा गर्न सकिन्छ । त्यस्तै चुकन्दरलाई अरू पनि कयौँ चिजका लागि प्रयोग गर्न सकिन्छ ।

जानौँ चुकन्दरसँग जोडिएका जानकारी :

–चुकन्दरलाई तपाईँ लिप वाम जसरी प्रयोग पनि गर्न सक्नुहुन्छ । यसले तपाईँको ओं प्राकृतिक रूपमा गुलाबी देखिनेछन् ।

–ओं मात्रै हैन गाला गुलाबी बनाउन पनि चुकन्दर प्रयोग गर्न सकिन्छ । यसले छालामा चमक ल्याउँछ र साथमा प्राकृतिक रूपमा गुलाबी बनाउँछ ।

–तपाईँ चुकन्दरलाई चिप्स बनाएर पनि सेवन गर्न सक्नुहुन्छ । यो विशेषगरी बच्चालाई पनि खुवाउने तरिका हुन्छ । यसलाई आलु जसरी नै चिप्स बनाउन सकिन्छ ।

–छालामा प्राकृतिक चमक ल्याउन चुकन्दर र दहीको फेस प्याक बनाएर लगाउन सकिन्छ । यसले छालाको रङ्गमा पनि निखार आउँछ ।

–जाडोको मौसममा तपाईँ चुकन्दरको स्वस्थ पेय पदार्थ बनाएर पिउन सक्नुहुन्छ । यसका लागि एक गिलास पानी, चुकन्दर र कागतीलाई पिसेर जुस बनाएर पिउनुहोस् ।

–चुकन्दर कपालका लागि पनि प्रयोग गर्न सकिन्छ । यसका लागि चुकन्दरका केही टुक्रा, कफी पाउडर र कागतीको रसलाई मिसाएर एकसाथ पिस्नुहोस् । र यसलाई कपालमा लगाएर एक घण्टाका लागि राख्नुहोस् अनि धुनुहोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?