मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

‘छमछमी तीजमा नाच बरी लै’

काठमाडौँ– सिन्धुलीस्थित ‘सिन्धुली कला घरको प्रस्तुतिमा तीज गीत ‘छमछमी तीजमा नाच बरी लै’ सार्वजनिक भएको छ ।

सुमन थापामगर(नेपाली बाबु)को शब्द तथा सङ्गीत रहेको गीतमा थापामगरलाई स्वरमा साथ संचिता थापामगरले दिएकी छिन् । म्युजिक भिडियोसहितको गीतको भिडियोमा जीवन थापामगर, पवित्रा रम्तेल, पदम विश्वकर्मा, रीता थिङ, रुबिना पुलामी लगायतका कलाकारहरुको अभिनय देख्न सकिन्छ ।

भिडियोको निर्देशनमा रामकुमार नेपाली, सम्पादनमा कल्पश विश्वकर्मा र छायाङ्कनमा सन्तोष तिमिल्सिना छन् । भिडियोको कोरियोग्राफ भने थापामगरसँगै रम्तेल लगायत छन् ।

भिडियोको देखिएको परिवेश सिन्धुली कला घरकै समावेश गरिएकाे छ ।

भिडियो :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?