मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

राजपाल यादवको घर जफत, ५ करोड ऋण नतिरेको भन्दै बैंकले गर्यो कारबाही

काठमाडौँ – अभिनेता राजपाल यादवले सन् २०१२ मा फिल्म बनाएका थिए । नाम थियो ‘आता पता लपता’ । यो फिल्म बनाउन राजपाल यादवले त्यतिबेला मुम्बईस्थित केन्द्रीय बैंक अफ इन्डिया शाखाबाट करिब ५ करोड रुपैयाँ ऋण लिएका थिए । तर राजपालले अझै पनि बैंकको ऋण तिर्न नसकेपछि बैंकले उनको शाहजहाँपुरस्थित घर जफत गरेको छ ।

उत्तर प्रदेशको शाहजहाँपुरमा जफत गरिएको उक्त सम्पत्ति करोडौंको रहेको बताइएको छ । बैंकले त्यहाँ बोर्ड राखेर सूचनामा यो सम्पत्ति सेन्ट्रल बैंक अफ इन्डिया मुम्बईको हो भनेर लेखेको छ । यससँगै ब्यानरमा सो जग्गा किनबेच नगर्ने सन्देश पनि लेखिएको छ । सोमबार बैंकका दुई अधिकारी त्यहाँ पुगेर यो कारबाही गरेकाे समाचार एजेन्सीहरूले उल्लेख गरेका छन् ।

‘आता पता लपता’ राजपाल यादवको निर्देशकको रूपमा पहिलो र अन्तिम फिल्म थियो। राजपालकी पत्नी राधा यादव यस फिल्मकी निर्माता थिइन् । रिर्पाेटका अनुसार राजपाल यादवको फिल्मले घरेलु बक्स अफिसमा ३८ लाख रुपैयाँ मात्रै व्यापार गर्न सकेको थियो र नराम्ररी फ्लप भयो। फिल्ममा राजपाल यादवका अलावा विनोद आचार्य, असरानी, ​​अमित बहल, विक्रम गोखले, मनोज जोशी, मुस्ताक खान, रजाक खान, युसुफ हुसेन र पञ्चायत फेम पंकज झा पनि देखिएका थिए । यसलाई सञ्जय कुमार, सन्दीप नाथ र राजपाल यादवले लेखेका हुन् ।

फिल्म बनाउन राजपाल यादवले एमजी अग्रवाल नामका व्यापारीसँग ब्याजमा पैसा लिएका थिए । यो रकम ५ करोड रुपैयाँ रहेको बताइएको छ । तर धेरै वर्षसम्म ऋण तिर्न सकेनन् । साँवाको ब्याज यति बढ्यो कि ऋण १० करोड पुग्यो । त्यसपछि राजपाल यादवले व्यापारीलाई ५ करोडको चेक दिए तर त्यो बाउन्स भयो । यसपछि व्यापारीले राजपाल यादवविरुद्ध मुद्दा दायर गरेका थिए । यो मुद्दामा उनले तीन महिना जेल बस्नुपरेको थियो ।

राजपाल यादव पछिल्लो पटक कार्तिक आर्यन स्टारर फिल्म चन्दूर च्याम्पियनमा देखिएका थिए । यसअघि उनी लव की एरेन्ज्ड म्यारिजमा देखिएका थिए । उनको फिल्म काम चालु हो निकै तारिफ भएको थियो । राजपाल यादव आगामी दिनमा दर्जनौं फिल्ममा देखिने भएका छन् । भुल भुलैया ३, वेलकम टु द जङ्गल, बेबी जोन, ट्रेटर, हाउसफुल ५, लाइफ अफ कुकु, श्राप, आवारा पागल दीवाना २, हेराफेरी ३ लगायतका धेरै फिल्ममा उनी कमेडी भूमिकामा देखिनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?