मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

प्रकाश शाहीको तीज गीत ‘पीर’ सार्वजनिक

काठमाडौँ– प्रकाश शाहीको तीज गीत ‘पीर’ सार्वजनिक गरेको छ । सोमबार प्रकाश शाही युट्युव च्यानलमार्फत गीतको भिडिओ सार्वजनिक गरेको हो ।

गायिका सुनिता बुढाको स्वरमा रहेको गीतमा मौलिकपन झल्किएको निर्माण टिमले जनाएको छ । ‘पीर’ मा मौलिकतामा आधारित तीजको वास्तविक पहिचान झल्काउने गरि निर्माण गरिएको छ । उक्त गीतमा प्रकाश शाहीको शब्द, वरिष्ठ सङ्गीतकार गंगा केसी को सङ्गीत रहेको छ । त्यस्तै झरान सावद र धनकली शाहीको अभिनय, विपिन आचार्यको सङ्गीत संयोजन, प्रवीन शाहीको कोरियोग्राफी, गोपाल रुचालको छायांकन र सम्पादन, प्रकाश शाहीकै निर्देशन रहेको छ ।

शाहीका अनुसार गीतमा पिपल चौतारी, पानीका नाउला लगायतका पुराना संस्कार र संस्कृति झल्काउने चिजहरू मासिदै गएको कुरा देखाउन खोजिएको छ।

यो गीतका गीतका माध्यमबाट तीजको मौलिकता र मर्मलाई जोगाउन खोजिएको शाहीले बताए । उनका पूजाको थाली, मेरो नाचो, पशुपतिमा जलारी लगायतका तीज गीत दर्शक तथा स्रोता माझ चर्चित छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?