काठमाडौँ— एप्पलले उत्पादन गरेको आईफोनमा रहेका त्रुटिपूर्ण चिपका कारण अडियो समस्याबाट समस्यामा परेकाहरू प्रयोगकर्ताहरूलाई लाई ३५ मिलियन तिर्ने भएको छ ।
सन् २०१९ मा, एप्पल लूप डिजीज अडियो इस्यूमा धेरै अमेरिकी राज्यहरूमा मुद्दा चलाइएको थियो । एप्पलले उत्पादन गरेको आईफोन ७ र आईफोन ७ प्लसमा यो समस्या देखिएको थियो ।
कम्पनीले अमेरिकी क्लास एक्शन मुद्दा समाधान गर्न सम्झौता गरेको हो । म्याकर्यूमर्सको रिपोर्टका अनुसार कम्पनीले इमेल मार्फत योग्य ग्राहकहरूलाई जानकारी समेत दिन थालिसकेको छ ।
प्रस्तावित सम्झौता जुलाई १८ मा क्यालिफोर्निया अदालतले अनुमोदन गर्न आवश्यक रहेको बताइएको छ । मुद्दामा एप्पलले वारेन्टी उल्लङ्घन गरेको र उपभोक्ता संरक्षण कानुनको उल्लङ्घन गरेको दाबी गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया