मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

अस्ट्रेलियाको हिल्टन होटलमा ठोक्कियो हेलिकोप्टर

काठमाडौँ –  क्वीन्सल्याण्डको उत्तरी सहर केर्न्समा रहेको एक होटलको छतमा हेलिकप्टर ठोक्किँदा एक पाइलटको मृत्यु भएको छ ।

आइतबार स्थानीय समय अनुसार लगभग १ः५० बजे हिल्टन होटलको डबलट्रीमा विमानले ठक्कर दिएको थियो, लगत्तै आगलागी भएको छ । र, सो हेलिकोप्टर ठोक्किए पछि सम्भावित खतराका कारण सयौँ पाहुनाहरूलाई बाहिर निकालिएको थियो ।

अधिकारीहरूले भनेका छन् कि हेलिकप्टरमा सवार एक मात्र व्यक्तिको घटनास्थलमा मृत्यु भएको छ ।  होटलका दुई अतिथिहरू ८० वर्षको एक पुरुष र ७० वर्षको एक महिलालाई स्थिर अवस्थामा अस्पताल लगिएको थियो।

 क्वीन्सल्याण्ड पुलिस र एभिएसन सेफ्टी वाचडगले दुर्घटनाको परिस्थितिको अनुसन्धान गरिरहेको छ, हेलिकप्टर चार्टर गर्ने कम्पनीले यो अनधिकृत उडानमा रहेको बताएको छ। प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?