मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

पेरिस ओलम्पिकको समापन समारोहमा टम क्रुज स्टन्ट, छतबाट हामफालेको दृश्य भाइरल

काठमाडौँ – पेरिस ओलम्पिकको समापन समारोहमा हलिउड सुपरस्टार टम क्रुजले आफ्नो अचम्मको स्टन्टले विश्वलाई चकित पारेका छन् ।

कार्यक्रममा टम क्रुज, स्नुप डग, डा. ड्रे, बिली इलिश, रेड हट चिली पेपर्स र एचईआर थिए। एल ए २८ लाई ओलम्पिक टर्च हस्तान्तरण गरेपछि प्रदर्शन, विशेष गरी टम क्रुजले घटनालाई अविस्मरणीय बनाएको तरिका अद्भुत थियो।

हलिउडका एक्सन स्टार मानिने सुपरस्टार टम क्रुजले कार्यक्रममा आफ्नो स्टन्टले सबैलाई चकित पारेका छन् । 

स्टन्टका लागि चर्चित फिल्म सिरिज मिशन इम्पोसिबलका सुपरस्टार टम क्रुज कार्यक्रममा ब्राउन लेदर ज्याकेट लगाएर स्टेडियमको छतमा पुगे र त्यहाँबाट हाम फाले । क्रुजको यो स्टन्ट देखेर स्टेडियममा उपस्थित सबै छक्क परे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?