मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

बिहान उठ्ने बित्तिकै भुलेर पनि नगर्नुहोस् यस्ता काम 

बिहान सबेरै उठ्नु राम्रो बानी हो । र बिहान उठ्ने बित्तिकै पानी पिउने,व्यायाम गर्ने, मर्निङ वाक गर्ने बानी अझ राम्रो हो ।

हामीले उठ्नसाथ राम्रा र सकारात्मक कामहरू गर्‍यौ भने मात्रै दिनपनि राम्रो बन्छ भनिन्छ । यसकारण हामीले जान्नु जरुरी हुन्छ, बिहान उठेर के–कस्ता कामहरू गर्नु हुँदैन । 

बिहान उठ्ने वित्तिकै यस्ता गल्तीहरू नदोहोर्‍याउनुहोस्  

खाली पेटमा कफी

अधिकांश व्यक्तिहरू प्रायः सबैले आफ्नो दिनको सुरुवात चिया वा कफी पिएर गर्छन् । तर, विशेषज्ञहरूका अनुसार बिहान खाली पेटमा कफी पिउनाले कोर्टिसोलको मात्रा बढाउँछ । जो शरीरका लागि पनि हानिकारक छ ।

मसालेदार खाना

बिहानको समयमा मसालेदार खानबाट टाढै बस्नु पर्छ । मसालेदार खानाले धेरै प्रकारका रोग लाग्ने हुँदा बिहान सकेसम्म पौष्टिक युक्त मसाला कम भएका स्वास्थ्यवद्र्क खाना खानु पर्छ ।

धूम्रपान

कुनै पनि बेला गरिने धूम्रपानले स्वास्थ्यलाई नोक्सान पुर्‍याउँछ । तर, बिहान उठ्ने बित्तिकै सिगरेट, बिडी पिउनु धेरै नै खतरनाक हुन सक्छ । यसले क्यान्सरको सम्भावना बढाउँछ ।

रक्सी पिउनु

बिहानै उठेर रक्सी खाने कतिपयको बानी हुन्छ । बिहान उठ्नासाथ रक्सी खानाले हाम्रो स्वास्थ्यमा नराम्रो असर पर्छ र हामी विभिन्न रोगको सिकार हुन सक्छौँ ।

रिसाउने, झगडा गर्ने

दिनको सुरुवात सधैँ सकारात्मक भावनाका साथ गर्नुपर्छ । बिहान उठ्नासाथ कोहीसँग पनि रिसाउने झगडा गर्ने बानीले तपाईँमा नकारात्मक प्रभाव पर्ने र तनाव हुने हुन्छ ।

अशान्त हुने कार्यक्रम नहेर्ने

यदि तपाईँले बिहान उठेर टिभी हेर्ने गर्नु हुन्छ भने मन अशान्त हुने भड्किलो कार्यक्रम नहेर्नुस् । यसले तपाईँको मुड बिगार्ने हुँदा  स्वास्थ्यलाई पनि असर पार्छ । भड्किलो कार्यक्रमले तपाईँलाई तनाव पनि उत्पन्न गराउन सक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?