मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

टेलर स्विफ्टको कन्सर्टमा आक्रमण गर्ने योजना बनाउने एक इराकी अस्ट्रियामा पक्राउ

काठमाडौँ– भियनामा टेलर स्विफ्ट कन्सर्टमा आक्रमण गर्न खोज्ने एक जना पक्राउ परेका छन् ।  

अस्ट्रियाका अधिकारीहरूका अनुसार भियनामा टेलर स्विफ्ट कन्सर्टमा आक्रमण गर्ने आईएसआईएस प्रेरित एक व्यक्तिलाई पक्राउ गरिएको छ ।  

सो कन्सर्टमा आतकंबादी हमला गर्नका लागि षड्यन्त्र गरिरहेका एक १८ वर्षीय इरानी नागरिकलाई पक्राउ गरिएको अस्ट्रियाका आन्तरिक मन्त्रीले जानकारी दिए ।

सुरक्षा अधिकारीहरूले स्विफ्टको ब्लकबस्टर प्रदर्शन हुने क्रममा भियना लेगको लागि योजना गरिएको आतंकवादी हमलालाई विफल पारेका थिए । त्यस पछि अस्ट्रियामा तीन स्विफ्ट कन्सर्टहरू रद्द गर्ने बिहीबार आयोजकहरूले असाधारण निर्णय लिनु परेको थियो । 

इराकी किशोर पक्राउ पर्ने तेस्रो व्यक्ति हुन । मुख्य संदिग्ध उत्तरी म्यासेडोनियाको १९ वर्षीय अर्का किशोर छन्, जो अस्ट्रियालीसँग सम्बन्ध रहेको विश्वास गरिएको छ । 

अनुसन्धान पछि यो खुलेको थियो कि दुवै किशोरहरूले भर्खरै आईएसआईएसप्रति वफादारीको वाचा गरेका थिए । जाे स्विफ्टकाे कन्सर्टमा हमला गर्ने तयारीमा रहेको भनिएको छ तर प्रहरीले थप  विवरण भने दिएको छैन ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?