मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

‘ब्ल्याकपिङ्क’ को कन्सर्ट फिल्म नेपालमा पनि रिलिज गरिने

काठमाडौँ– के पप ब्याण्ड ‘ब्ल्याकपिङ्क’ को कन्सर्ट फिल्म नेपालमा पनि रिलिज हुने भएको छ । ब्याण्ड स्थापना भएको आठौं वर्ष पुगेको अवसरमा कन्सर्ट फिल्म ‘ब्ल्याकपिङ्क वर्ल्ड टुर : बर्नपिङ्क’ रिलिज हुन लागेको हो ।

नेपालमा फिल्मको वितरण अधिकार पाएको बटरफ्लाई फिल्म्सले विज्ञप्ति जारी गर्दै नेपालका केही हलमा यो फिल्म रिलिज हुने जानकारी दिएको छ । आगामी शुक्रबार यो फिल्म रिलिज हुने वितरकले जनाएको छ ।

विगत केही वर्षदेखि के–पप फ्यानको मन जित्दै आएको ब्याण्डको यो फिल्मलाई नेपाली दर्शकले मन पराउने वितरकको अपेक्षा छ ।

यो फिल्मको निर्देशन मिन गेउन र ओ युनडोंगले गरेका हुन् भने फिल्ममा ब्याण्डका सदस्यहरु किम जिसु, जेनी किम, ललिसा मनोबन, रोजेन पार्कलाई चित्रण गरिएको छ । यो फिल्म सन् २०२२ मा रिलिज भएको ब्याण्डको दोस्रो एल्बम ‘बर्न पिंक’को सांगीतिक टुर ‘द बर्न पिंक वर्ल्ड टुर’मा आधारित छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?