गर्मी मौसममा छालामा विभिन्न समस्या देखिने गर्दछ । यी समस्यामध्ये एक हो, घमौरा । यो पसिनाको ग्रन्थीहरुबाट आउने एक किसिमको संक्रमण हो ।
पसिना ग्रन्थीका प्वालहरु शरीरमा सबैतिर सिधा भएर जान्छ । तर कहिलेकाही कुनै कारणवंश पसिनाको प्वालहरु बन्द भयो भने शरीरामा घमौरा देखिने गर्दछ ।
किन आउँछ घमौरा ?
– छालामा उपस्थित ब्याक्टेरियाले पसिना निस्कने छिद्रलाई बन्द गर्दा ।
– मृत कोशिकाले पसिना निस्कने छिद्रलाई बन्द गरे ।
– फोहोर, धुलो मैलो छालामा जम्मा हुदाँ छालामा रहेको छिद्र थुनिदाँ ।
– अत्यधिक पसिना आउनु ।
– गर्मीमा बाक्लो लुगा लगाउनु ।
– फोहोर खेल्नु ।
– नियमित हातखुट्टा सफा नगर्नु ।
– प्रदुषित वातावरण
बच्ने घरेलु उपाय
क) दैनिक ३ पटकसम्म एक एक चम्चा घ्यु कुमारीको जेललाई घमौरामा लगाउने ।
ख) नीमको २० वटा पातलाई एक गिलास पानीमा उमालेर चिसो भएपछि घमौरा आएको ठाउँमा लगाउने र केही समयपछि नुहाउने ।
ग) एक गिलास पानीमा एउटा कागती र काक्रालाई पानीमा डुबाएर राख्ने र केही समय पछि घमौरा निस्किएको ठाउँमा लगाउने ।
घ) एक चम्चा जैतुनको तेलमा मह मिसाउने र घमौरामा लगाउने र केही समयपछि धुने ।
ङ) लसुनलाई पिसेर लेप बनाई घमौरा आएको ठाउँमा दल्ने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया