मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

प्राकृतिक छटाले सजिएको पाँचपोखरी

काठमाडौँ– प्राकृतिक पोखरी, वनजङ्गल र चौर मन नपराउने को पो होला र ? जोकोहीलाई पनि यस्ता स्थानमा घुम्न र अवलोकन गर्ने मनोकांक्षा हुन्छ ।

प्राकृतिक हराभरा वन र भू–भागले मन र मस्तिष्कलाई यस्ता आनन्दता प्रदान गर्छ । यदि तपाई पनि यस्तै गन्तव्यको खोजीमा हुनुहुन्छ भने सिन्धुपाल्चोकको पाँचपोखरी गज्जबको गन्तव्य स्थल हुन सक्छ ।

सिन्धुपाल्चोक जिल्लाको भोताङमा अवस्थित पाँचपोखरी फरक फरक आकारका पाँच पोखरीको सङ्गम स्थल हो । यहाँ सरस्वती कुण्ड, नागकुण्ड, सूर्यकुण्ड, गणेशकुण्ड र भैरबकुण्ड गरी पाँच वटा पोखरी रहेका छन् । तीमध्ये सूर्यकुण्ड सबैभन्दा ठूलो र बाँकी चार वटा सानो सानो रहेका छन् ।

जनैपूर्णिमाको दिन मेला लाग्ने यस स्थानमा स्थानीयसँगै नेपालभरका तिर्थालुहरु स्नानको लागि जाने गर्छन् । समुन्द्र सतहदेखि करीब चार हजार १०० मिटर उचाईमा रहेको यो पोखरीमा जनैपूर्णिमाको दिन स्नान गरे पापमोचन हुने जनविश्वास रहेको छ ।

काठमाडौँबाट करीब ८५ किलोमिटर टाढा रहेको यो स्थानमा पुग्नको लागि करीब पाँच दिनसम्म लाग्छ । काठमाडौँबाट तपाईहरू सिन्धुपाल्चोकको मेलम्चीसम्म गाडीमा जान सक्नुहुन्छ । मेलम्चीबाट दुई घण्टाको यात्रापछि सिन्सा गाउँमा पुग्नुहुन्छ ।

सो क्षेत्रमा रैथानेश्वर महादेव महादेव अवस्थित रहेको छ । सो मन्दिरलाई पाँचपोखरीको छोरीको रुपमा लिने गरिन्छ । पाँचपोखरीबाट फर्किएपछि जल चढाउनुपर्ने मान्यता रहेको छ । मेलम्चीदेखि भोटाङसम्मको यात्रा गर्नको लागि तपाईंलाई एक दिन लाग्छ ।

यहाँ बाँस बसेपछि तपाईं दोस्रो दिन बिहानै नास्ता गरी यात्रा गर्नुपर्छ । दोस्रो दिन जङ्गलको यात्रा हुने भएकोले केही समस्या पर्न सक्छ । ठाउँ ठाउँमा भेटिने गोठ तथा छाप्राहरुले तपाईंको यात्रालाई केही समज बनाउन सक्छ ।

यात्राको क्रममा तपाईले छाता अड्किने स्थान भेट्नु हुन्छ । जुन स्थानमा पाँचपोखरी पुगेर फर्कने तिर्थालु पछाडि फर्केर हेर्न हुन्न भन्ने मान्यता लिएको छ ।

किम्बदन्ती अनुसार एक जना व्यक्तिले पाँच पोखरी पुगेर धेरै गाइवस्तु होस् भनेर मागेछन् । सो व्यक्ति फर्कदा पछाडिबाट ठूलो गाइवस्तुको बथान गरर आवाजसहित आएछ । पछाडि हेर्दा ती सबैलाई पछाइरहेको देखेछन् । तर, उनले हेर्ने बित्तिकै ती सबै त्यही अडेकिए र ठूलठूला ढुङ्गा बने ।

यसरी तपाईं करीब पाँच दिनको पैदल यात्रा गरेपछि पछि पाँचपोखरी पुग्न सकिन्छ । पाँचपोखरमिा नजिकै महादेव पोखरी छ ।

सो महादेव मन्दिरको परिसरमा रहेको पोखरीमा नुवाइधुवाई गरेपछि पापमोचन हुने र मनले चाहेको कुरा पुरा हुने जनविश्वास छ ।

किम्बदन्तीका अनुसार एक जना व्यक्तिले महादेव भगवान सो स्थानमा आएर धान रोपेका थिए । ती व्यक्तिले हिउँमा पनि धान रोप्ने कस्ता व्यक्ति रहेछन् भनी नजिक आएर हेर्दा सबै दृश्य विलिन हुन्छ ।

अहिले पनि सो स्थानको मुनि हलो पाइने बताइन्छ । एउटा सिकारी कुकुरको घाँटीमा घण्टी झुण्डाएको उल्लेख गरिन्छ । सो घण्टी अहिले पनि छ ।

जनैपूर्णिमाको समयमा स्थानीय धामी झाँक्रीहरु बाजागाजासहित पाँचपोखरी जाने गर्छन् । देवताको मान राख्नको लागि अनिवार्य रुपमा पाँच पोखरी जानुपर्ने मान्यता पाइन्छ ।

यात्राको क्रममा ठाउँ ठाउँमा विभिन्न पोखरी, झरना, पाटन देख्न सकिन्छ । पर्यटकहरुको स्वागतको लागि विभिन्न होटलहरु सञ्चालनमा  रहेका छन् । कतिपय होटल जनैपूर्णिमालाई मात्रै लक्षित गरी सञ्चालनमा ल्याइन्छ । ती होटललाई भने अरु बेला देख्न सकिँदैन ।

होटलमा पर्यटकको लागि खाना र बास बस्नको लागि पनि व्यवस्था गरेको हुन्छ । होटल व्यवसायीले पर्यटकलाई गर्ने स्वागत, बाटोमा भेटिने प्राकृतिक सौन्दर्यले तपाईको मनै लोभ्याउँछ ।

तपाई यात्राको क्रममा जति जति माथि पुग्नुहुन्छ, त्यति त्यति मनमोहक दृश्यले आकर्षित बनाउने छ । जति यात्रा गर्नुहुन्छ । सोही अनुरुपको बोट विरुवा तथा फरक फरक प्रजातीहरुको फूलहरु फुलेको देख्न सकिन्छ ।

पाँचपोखरी वरीपरी दृश्य निकै नै मनमोहक छ । खुल्ला आकाश मुनि हरिया घाँसे मैदानमा फूलेको रङ्गीचङ्गी फूल, हरियाली डाँडाकाँडा अनि नजिकै देखिने जुगल हिमाल लगायतका अन्य हिमालले तपाईको मन लोभ्याउँछ ।

अझ तपाई जति माथि पुग्नहुन्छ, त्यति तल बादलका थुम्काहरु देख्न सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?