मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

फोनको ब्याट्री जोगाउन ८०-२० नियम 

काठमाडौँ– केही समययता मोबाइल फोनको प्रयोग व्यापक रूपमा भइरहेको छ । मानिसका कतिपय कामहरू मोबाइलबाटै समेत गर्न सकिने भएकोले मानव जीवनको अभिन्न अङ्ग नै बनेको छ ।

यसमध्ये सबैभन्दा महत्त्वपूर्ण फोनको ब्याट्रीमा हुने गरेको छ । आज हामी ब्याट्री जोगाउने उपाय ८०–२० नियमको चर्चा गर्दै छौ । 

८०–२० नियमले कसरी काम गर्छ ?

फोन चार्ज गर्दा केही कुरामा विशेष ध्यान दिनुपर्छ। फोनलाई शतप्रतिशत चार्ज गरेमा यसको ब्याट्री लाइफ राम्रो हुन्छ भन्ने मानिसहरूलाई लाग्छ तर त्यस्तो होइन।

विज्ञहरूका अनुसार फोन ८० प्रतिशतसम्म चार्ज रहन्छ भने यो ब्याट्री लागि राम्रो रहन्छ। अर्थात कहिल्यै फोन शतप्रतिशत चार्ज गर्नु हुँदैन। ८० देखि ९० प्रतिशत चार्ज भइसकेपछि यसलाई चार्जबाट हटाउनुपर्छ।

त्यसैगरी फोनको ब्याट्री कम हुँदा कहिले चार्ज गर्ने भन्ने कुरामा पनि ध्यान दिनुपर्छ । 

 ब्याट्रीलाई कहिल्यै  शून्य प्रतिशतमा राख्नु हुँदैन । यदि तपाई फोनको ब्याट्री लाइफ राम्रो राख्न चाहनुहुन्छ भने ब्याट्रीलाई २० प्रतिशतभन्दा कम हुन नदिनुहोस्। ब्याट्री २० प्रतिशत पुगेपछि चार्जिङमा राखिहाल्नु होस्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?