मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

ब्रेन क्यान्सरपीडित केसीलाई रु ५३ लाख सहयोग

गलकोट ‘बागलुङ’ – ब्रेन क्यान्सरबाट पीडित बागलुङ बजारका राजु केसीको उपचारका लागि रु ५३ लाख ३१ हजार सहयोग सङ्कलन भएको छ । सङ्कलित रकम शुक्रबार पत्रकार सम्मेलनमार्फत राजु केसीका बुबा रामबहादुर केसीलाई हस्तान्तरण गरिएको छ ।

केसीको उपचारमा नेपालबाट रु ५० लाख सङ्कलन गर्ने लक्ष्य रहेपछि रु ५३ लाख सहयोग सङ्कलन गर्न सफल भएको र विदेशमा समेत उठेको सहयोगले झन्डै रु एक करोड उपचारका लागि जुटेको राजु केसी सहयोग मूल समितिका संयोजक जगदीश चन्द्र उपाध्ययाले जानकारी दिए ।

बागलुङ नगरपालिका–२ हल्लन चोकका ब्रेन क्यान्सरपीडित केसीको उपचारका लागि सहयोग सङ्कलन अभियानलाई स्थगनसमेत गरिएको उपाध्ययाले जानकारी दिए ।

केसीको हाल अष्ट्रेलियाको मेलबर्नमा उपचार भइरहेको छ । उनको उपचारमा हालसम्म परिवारले रु एक करोड ५० लाख खर्च गरिसकेको बुबा रामबहादुर केसीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?