काठमाडौँ – हाँस्य व्यङ्ग्यमा आधारित टेलिभिजन शो ‘कमेडी किरो राष्ट्रको हिरो’को घोषणा भएको छ । बिहीबार काठमाडौँमा एक कार्यक्रमकाबीच यो शोको लोगो र प्रोमो समेत सार्वजनिक गरिएको हो ।
‘कमेडी फर करियर’ भन्ने नारा सहित शुरू हुन लागेको शो मा देश विदेशमा रहेका नेपालीहरूले डिजिटल अडिसनमा भाग लिन पाउनेछन्। तर जनता टेलिभिजनको प्रस्तुतिमा रेस्क्यू क्रियसनसँगको सहयात्रामा आउन लागेको शो प्रतियोगिता भने होइन।
डिजिटल अडिसन मार्फत आएका प्रतियोगीबाट टप २० छान्ने र उनीहरूलाई १ वर्षको लागि रोजगार दिने प्रोजेक्ट हेड समन अधिकारीले बताए।
बिहीबारबाट शुरू भएको डिजिटल अडिसनमा भाग लिन चाहनेहरूले भदौ १५ गतेभित्र २ मिनेटसम्मको भिडिओ ह्वाटस् एप मार्फत पठाउन सक्नेछन् ।
चार किसिमको वर्गीकरण गरेर कार्यक्रमको फर्म्याट बनाइएको र यसबाट प्रखर कमेडियन उत्पादन गरिने निर्माण पक्षको आशा छ ।
कार्यक्रमको संचालन कमेडियन दिनेश काफ्लेले गर्नेछन्। कार्यक्रममा सहभागीहरुलाई सन्तोष खनाल, सुदिप खतिवडा, सरोज भण्डारीले प्रशिक्षण दिनेछन्। कार्यक्रमको निर्देशन मोहन अधिकारीले गर्नेछन्।
शो जनता टेलिभिजनमा प्रसारणमा आउनेछ। डिजिटल पार्टनरमा म्युजिक नेपाल रहेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया