मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

उड्नै लागेको श्री एयरलाइन्सको विमान धावनमार्गबाटै पार्किङमा फर्काइयो

जोयनेपाल
3.2k
Shares
फाइल फोटो

काठमाडौँ –  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आज (शुक्रबार) बिहान सुर्खेत उडान भर्ने क्रममा रहेको श्री एयरलाइन्सको विमान धावनमार्गबाट फर्किएको छ।

आज बिहान ७:३० बजे सुर्खेत उडान तालिका रहेको उक्त विमान उक्त विमान धावनमार्गबाट उड्नै लाग्दा फर्काएर पार्किङमै ल्याइएको हो। 

 एयरलाइन्सका व्यवस्थापक अनिल मानन्धरले विमानका केही यात्रुबीच विवाद भएपछि विमान फर्काएर अहिले सुर्खेत उडानको तयारीमा रहेको बताए।

‘प्राविधिक समस्याका कारण होइन, दुई–चारजना यात्रीबीचको विवादले होहल्ला भएपछि पाइलटले विमान फर्काएका हुन्’, उनले भने, ‘नागरिक उड्डयनको मापदण्डअनुरूप यात्रुबीच विवाद भएपछि अर्को प्रक्रिया पुर्‍याएर यात्रुलाई गन्तव्यमा लैजानुपर्ने हुन्छ।’

अहिले सोही विमानमार्फत यात्रुहरू बोर्डिङ भएर गन्तव्यमा उड्ने क्रममा रहेको व्यवस्थापक मानन्धरले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?