विश्वमा एउटा यस्तो घडी पनि छ जसमा कहिल्यै १२ बज्दैन । यो अद्भुत घडी स्विट्जरल्याण्डको सोलोथर्न सहरमा रहेको छ ।
यस सहरको टाउन स्क्वेयरमा राखिएको एक घडीमा केवल ११ अङ्क छन् । अर्थात् १२ अङ्क छैन । जसका कारण त्यस घडीमा कहिल्यै १२ बज्दैन ।
सोलोथर्न सहरको विशेषता छ, यहाँ ११ नम्बरलाई अत्यधिक रुचाइन्छ । यति मात्र होइन यहाँका हरेक चिजको डिजाइन ११ नम्बरको आसपास नै रहने गरेको छ ।
सायद तपाईँ अचम्मित रहनु हुन्छ होला, यस सहरमा चर्च, सङ्ग्रहालय, ऐतिहासिक झरना, टावर लगायतका विभिन्न प्राकृतिक र भौतिक संरचनाको सङ्ख्या समेत ११ वटै रहेको ।
यस सहरमा ११ नम्बर यति धेरै रुचाइन्छ कि कसैको जन्मदिनको ११ वर्ष, ११ औँ महिना, गतेलाई विशेष महत्वका साथ मनाइन्छ । अझ ११ औँ जन्मदिनमा दिइने उपहार समेत ११ नम्बरसँगै जोडिएको हुन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया