सपना देख्नु नौलो कुरा होइन । सबैले राति निदाएको बेलामा सपना देख्ने गर्दछन् । स्वप्न शास्त्रका अनुसार सपना २ प्रकारको हुन्छ । पहिलो राम्रो सपना जसले सकारात्मक हुने संकेत गर्दछ भने दोश्रो नराम्रो वा अशुभ सपना जसले नकारात्मकता तर्फ संकेत गर्दछ । यस्तोमा कस्ता सपनालाई खराब मान्ने त ?
१. सपनामा बिरालो देख्नु
यदि सपनामा बिरालो देखे यसलाई शुभ मानिँदैन । यस्ता, सपना समय खराब रहेको संकेत दिने गर्दछ । यसका साथै भविष्यमा कसैबाट विश्वासघात हुने संकेत पनि गर्दछ ।
२. सपनामा भूकम्प देख्नु
यदि कसैले सपनामा भूकम्प देख्यो भने यसलाई पनि अशुभ मानिन्छ । मान्यता अनुसार यस प्रकारका सपना देख्नुको अर्थ सन्तानको भविष्यमा संकट आउनु हो ।
३. सपनामा जन्ती देख्नु
सपनामा कसैको विवाह वा जन्ती देख्नु वा बिहेको बाजा बजेको देख्नु राम्रो मानिँदैन । यस प्रकारका सपनाले जीवनमा कुनै समस्या वा संकट आउने संकेत गर्दछ ।
४. सपनामा सुकेको बगैँचा देख्नु
यदि कसैले सपनामा कुनै बगैँचा सुकेको वा हरियालीविहीन देख्यो भने यसले गम्भीर कष्ट तर्फ संकेत गर्दछ ।
५. सपनामा कीरा-फट्याङ्ग्रा देख्नु
यदि कसैले सपनामा कमिला वा कुनै पनि कीरा-फट्याङ्ग्रा देख्छ भने यसले उसको जीवनमा आउने समयमा कष्ट पाउने संकेत गर्दछ । यस्ता सपनामा जति धेरै मात्रामा कीरा देखिन्छ उति धेरै समस्याको सामना गर्नुपर्ने मान्यता छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया