विशेषत बलात्कार, देशद्रोह लगायतका जघन्य अपराधमा आरोपीलाई केही देशमा फासी दिने गरीएको छ ।
कुनै पनि अपराधीलाई उसको अपराधको कसुर अनुसार फासी दिदा केहि खास नियम रहने गरेको छ । यसका साथै फासीमा झुण्ड्याउँदा जल्लादले अपराधीको कानमा केही भन्ने गर्दछन् ।
जान्नुहोस् के हुन् ति कुरा ?
फासी दिँदा विशेष केही कुराको पालना गरिन्छ । जस्तै फासी दिइने डोरी, फासी दिइने समय, फासी दिने प्रक्रिया पहिल्यैबाट तय हुने गर्दछ । यसका साथै फासी दिइनु अघि अर्थात गलामा लगाएको डोरीको पासो तान्ने लिवर तान्नु अघि जल्ल्लादले अपाराधीको कानमा केही कुरा भन्दछन् ।
जल्लादले अपराधीलाई मर्नुअघि कानमा, मलाई माफ गर भन्छन् । त्यसपछि जल्लादले, के गर्नु म यसकालागी बाध्य छु भन्दछन् । र अन्तिममा अपराधी हिन्दु भए राम राम, मुस्लिम भए सलाम भन्दछन् । यो नै मर्नुअघि अपराधीको कानमा पर्ने अन्तिम शब्द रहन्छ ।
यस अलावा फासीका दिइदा अपराधीको सामुन्ने जेल सुपरीडेन्ट, एक्ज्युकेटिव मजिस्ट्रेट, जल्लाद र डाक्टर रहने गर्दछन् । नियम अनुसार फासीको समयमा यी चारको उपस्थिती अनिवार्य रहन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया