मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

पृथ्वीबाट टाढिँदै छ चन्द्रमा !

काठमाडौँ – विस्कन्सिन–म्याडिसन विश्वविद्यालयका अनुसन्धानकर्ताहरूले गरेको अध्ययनले चन्द्रमा बिस्तारै पृथ्वीबाट टाढिदै गरेको दाबी गरेका छन् । 

उनीहरूका अनुसार चन्द्रमा प्रति वर्ष करिब ३.८ सेन्टिमिटरको दरले पृथ्वीबाट टाढा सरिरहेको छ। 

यसरी चन्द्रमा टाढा हुँदै जाँदा यसको परिक्रमा अवधि बढ्ने र पृथ्वीको आफ्नो कक्षमा घुम्ने गतिसमेत सुस्त हुँदै गएको छ ।  जसले पृथ्वीको २४ घण्टाको दिन अन्ततः २५ घण्टाको दिन बन्न सक्ने बताईएको छ।

प्रोसिडिङ्स अफ द नेसनल एकेडेमी अफ साइन्सको वैज्ञानिक जर्नलमा प्रकाशित अध्ययनले करिब १ अर्ब ४० करोड वर्षअघि चन्द्रमा पृथ्वीको नजिक हुँदा एक दिनमा १८ घण्टा मात्रै हुने गरेको खुलासा गरेको छ।

पृथ्वी र चन्द्रमा बीचको दूरी बढ्दै गएपछि हाम्रो ग्रहमा एक दिनको लम्बाइ पनि बढेको अनुसन्धानकर्ताहरूले बताएका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?