मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

गाजामा सङ्क्रामक रोगको खतरा : डब्ल्यूएचओ

काठमाडौँ – संयुक्त राष्ट्र सङ्घीय निकाय विश्व स्वास्थ्य सङ्गठन ‘डब्लुएचओ’ ले गाजामा चलिरहेको सामूहिक विस्थापनले जनस्वास्थ्यमा गम्भीर असर पारेको जनाएको छ ।

भीडभाड, उचित बासस्थानको अभाव, दुषित पानी, सरसफाई र स्वच्छताको न्युनताको अवस्थाले सङ्क्रामक रोगहरूको खतरा बढाएको चेतावनी डब्लुएचओले दिएको हो ।

डब्ल्यूएचओका अनुसार अत्यधिक भीडभाड र धेरै जनसङ्ख्या भएका क्षेत्रहरूमा हुने आक्रमणहरूमा सामूहिक हताहतको जोखिम पनि बढिरहेको छ ।

निरन्तर जारी लडाइँ र स्वास्थ्य प्रणालीको सङ्कुचित क्षमतालाई ध्यानमा राख्दै गाजा बाहिर चिकित्सा सामग्रीको आवश्यकता पर्ने बिरामीहरूको सङ्ख्या बढ्ने प्रक्षेपण गरिएको संयुक्त राष्ट्रसङ्घीय निकायले चेतावनी दिएको छ ।

हाल डब्ल्यूएचओले सम्भावित मार्गमार्फत् बिरामीहरूको सुरक्षित र समयमै स्थानान्तरण सुनिश्चित गर्न गाजाबाट धेरै चिकित्सा सामग्रीको निकासीका लागि कोरिडोरहरू स्थापना गर्न आह्वान गरिरहेको छ ।

दश महिनादेखि जारी इजरायली कब्जाले गाजापट्टीमा विनाशकारी युद्ध चलिरहेको छ । यहाँ अधिकांश बालबालिका र महिलासहित दशाैँ हजार शहीद, घाइते तथा बेपत्ता भएका छन् ।

युद्धमा स्वास्थ्य र शैक्षिक पूर्वाधारको ठूलो विनाश र खाना, पानी, औषधि र ईन्धन आपूर्तिको असहजताका कारण करिब २० लाख मानिसहरू विस्थापित भए भने खाद्य सङ्कटका कारण कैयौँ बालबालिकाको ज्यान गएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?