मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

फूड पोइजनिङ भएमा के गर्ने, कति समयपछि खाना बिगार्छ ?

कुनै पनि कुरा खाएपछि पेट दुख्ने, आधा घण्टामा बान्ता र पखाला लाग्ने, खाना पचाउन नसक्ने, टाउको दुख्ने, अत्याधिक थकान र कमजोरी महसुस हुने हो भने यी फूड पोइजनिङका लक्षण हुन सक्छन् ।

फूड पोइजनिङ एक प्रकारको संक्रमण हो, जुन ब्याक्टेरिया, भाइरस वा फंगसबाट फैलिन सक्छ। जब कसैले ब्याक्टेरिया वा फंगसले संक्रमित खाना खान्छ भने यी ब्याक्टेरियाले पेटमा रहेको राम्रो ब्याक्टेरियालाई नष्ट गरिदिन्छ।

जसले गर्दा पाचन प्रक्रिया बिग्रन्छ । यो प्रायः फोहोर पानी, म्याद सकिएको प्याक गरिएको खाना, वा धेरै लामो समयसम्म पकाएको खानाको कारण हुन सक्छ।

जानकारी अनुसार ३२ देखि ३५ डिग्री सेल्सियसभन्दा बढी तापक्रम हुँदा ब्याक्टेरिया र फङ्गस बढ्न थाल्छ । धेरै अध्ययनहरूले पत्ता लगाएका छन् कि ३७ डिग्री भन्दा माथिको तापमान ब्याक्टेरिया वा फंगसका लागि धेरै अनुकूल हुन्छ। यस कारण, अत्यधिक गर्मी र वर्षाको मौसममा खाना छिटो बिग्रने सम्भावना हुन्छ। त्यसैले ताजा खानेकुरा मात्रै खानु उचित हुन्छ ।

स्वास्थ्य विज्ञहरूका अनुसार कुनै पनि कुरा खाएपछि हरेक आधा घण्टामा पेट दुख्ने, बान्ता र पखाला लाग्ने, खाना पचाउन नसक्ने, टाउको दुख्ने, अत्याधिक थकान र कमजोरी महसुस हुने, ज्वरो आउनु फूड पोइजनिङका लक्षण हुन सक्छन् । यो जुनसुकै उमेरमा हुनसक्ने भएता पनि बालबालिकामा यो समस्या बढी देखिन्छ ।

कुनै नराम्रो खानेकुरा खाँदा बान्ता र पखालासँगै ज्वरो आउने, रगत बग्ने, बारम्बार बान्ता हुने र पानी मात्रै आउने, मुख सुख्खा हुने, शरिरमा दाग लाग्ने जस्ता समस्या तीन दिनभन्दा बढी भएमा तुरुन्त चिकित्सककहाँ जानुपर्छ ।

यदि तपाई फूड पोइजनिङबाट बच्न चाहनुहुन्छ भने यी कुरामा ध्यान दिनुहोस्ः खाना खाने ठाउँ र भाँडाकुँडा सफा राख्नुहोस्। मसला र अन्नमा फंगसको सबैभन्दा बढी जोखिम हुन्छ। सधैं खाजा र बिस्कुटहरू बक्समा राख्नुहोस्। प्याक गरिएको खानाको म्याद सकिएपछि मात्र प्रयोग गर्नुहोस्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?