आज हामी धन प्राप्ति गर्ने ज्योतिष शास्त्रका उपाय बारे चर्चा गर्नेछौँ
ज्योतिष शास्त्रमा शुक्र ग्रहलाई धन, सम्पदा, वैभव, ऐश्वर्य, भौतिक सुख संसाधन आदिको कारक मानिन्छ । यदि कुनै व्यक्तिको कुण्डलीमा शुक्र शुभ स्थितिमा भए आर्थिक जीवन राम्रो र शुक्र कमजोर भए वित्तीय समस्या हुने गर्दछ । यसका साथै बृहस्पति ग्रहको सम्बन्धसमेत धनसँग जोडिएको हुन्छ ।
कुण्डलीको दोस्रो भावलाई धन भाव भनिन्छ । यस भावबाट व्यक्तिको जीवनमा धन र धनको बचत थाहा पाउन सकिन्छ । यसका साथै कुण्डलीको एघारौँ घरसमेत आयसँग जोडिएको हुन्छ । यस भावले व्यक्तिको आम्दानी थाहा पाउन सकिन्छ । आर्थिक जीवन बलियो पार्न जन्म पत्रमा दोस्रो र एघारौँ घर मजबुत हुनु पर्दछ ।
धन प्राप्तिका ७ सरल उपाय
१. कुण्डलीमा शुक्र र बृहस्पतिको स्थिति मजबुत पार्नु पर्दछ ।
२. कुण्डलीको दोस्रो र एघारौँ भाव तथा यस भावका मालिक ग्रह बलशाली बनाउनु पर्दछ ।
३. शुक्रवारको पूजापछि श्री सूक्त पाठ गर्नु पर्दछ ।
४. तुलसीको बिरुवा रोपेर त्यसको नियमित पूजा गर्नुहोस् ।
५. घरलाई हमेसा सरसफाइयुक्त बनाउनुहोस् ।
६. धनका देवता कुबेरको पूजा गर्नुहोस् ।
७. श्रीयन्त्र, महालक्ष्मी यन्त्र र श्री धन वर्षा यन्त्र स्थापना गरी नियमित पूजा गर्नुपर्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया