हामीले खाने खानेकुराहरूले नै हाम्रो स्वास्थ्य अवस्थाको निर्धारण गर्छ । यसकारण हामीले सबैभन्दा ध्यान दिनुपर्ने कुरा नै खानेकुरा हो ।
अझ कुनै रोगको सिकार भइसकेका व्यक्तिहरूले त झन् सावधानी अपनाउनुपर्छ । आज हामी पायल्सको समस्या झेलिरहेका व्यक्तिले खानपानबारे कस्तो सतर्कता अपनाउनुपर्छ ? के कस्ता खानेकुरा खानुहुँदैन भन्ने सन्दर्भमा जानकारी गराउँदै छौ ।
पायल्स एउटा यस्तो रोग हो, जसमा खानपानसँग सम्बन्धित कुरामा विशेष ध्यान दिनु जरुरी हुन्छ । अस्वस्थ र असन्तुलित खानपानले पायल्स जस्ता मलद्वारसम्बन्धी रोग निम्त्याउन सक्छ ।
चिल्लो, मसालेदार खानेकुरा, जो सजिलै पच्दैन यस्ता खानेकुरा पायल्सको कारण बन्न सक्छ । साथै अनिद्रा, मानसिक तनाव, गर्भवती महिला र कुनै–कुनै औषधि सेवनको साइड–इफेक्टको रुपमा पनि पायल्सको समस्या निम्तिन्छ ।
पायल्स हुन नदिन यस्ता खानेकुराहरूबाट बच्नुपर्छ
प्रोसेस्ड फुड
फ्राइड फुड, फास्ट फुड, फ्रोजन मिट जस्ता प्रशोधित खानेकुराले पनि पायल्सको जोखिम बढाउँछ । यी सबै खानेकुरामा पोषक तत्त्वको कमी हुन्छ । साथै यसमा धेरै मात्रामा नुन र अस्वस्थ बोसो पाइन्छ, जसकारण पचाउन गाह्रो हुन्छ र कब्जियत हुन्छ । लामो समयसम्म कब्जियतले पायल्स निम्त्याउन सक्छ ।
धेरै मसालेदार खाना
धेरै मसालेदार खाना खाँदा पायल्सको समस्या निम्तन सक्छ । तारेको–भुटेको मासु, समोसा, पकौडा जस्ता खानामा तेल, मसला र खुर्सानी धेरै मात्रामा हुन्छ ।
यस्ता खानाले आन्द्रा चलाउन गाह्रो बनाउन सक्छ, जसले कब्जियत निम्त्याउँछ । कब्जियतसँगै पायल्सको समस्या पनि निम्त्याउँछ । साथै, यस्ता खानेकुरामा फाइबर निकै कम हुने भएकाले दिसालाई कडा बनाउँछ र पायल्सको दुखाइ बढाउँछ । यस बाहेक खुर्सानी जस्ता मसलाले मलद्वार पोल्ने तथा रगत बग्ने पनि हुनसक्छ ।
रातो मासु
रातो मासु पचाउन धेरै समय लाग्छ, जसकारण कब्जियत जस्ता समस्या हुनसक्छ । कब्जियतले पायल्सको समस्या निम्त्याउँछ ।
कफी
कफीको मुख्य तत्त्व क्याफिन पाचनका लागि राम्रो मानिँदैन । क्याफिनको सेवनले कब्जियत हुन्छ र शरीरमा डिहाइड्रेसन पनि हुन्छ । यो समस्या बढ्दै गएपछि पायल्सको समस्या निम्तिन सक्छ । पहिले नै पायल्सको समस्या भएका व्यक्तिले धेरै मात्रामा कफीको सेवन गर्दा दिसा पास हुन गाह्रो भएर शौचमा थप मिहिनेत गर्नुपर्ने हुनाले मलद्वारको मांसपेशी बाहिर निस्कन थाल्छ र सुन्निने गर्छ ।
मद्यपान र धूम्रपानचुरोट खाने व्यक्तिको पाचन शक्ति कमजोर हुन्छ । आन्द्राको चाल पनि राम्ररी हुँदैन । चुरोटले मलद्वारमा रगतको प्रवाह बढाउँछ, जसले सङ्क्रमणको जोखिम पनि बढाउँछ । रक्सीको सेवनले शरीरमा डिहाइड्रेसन हुन्छ । शरीरमा पानी कम हुँदा दिसा कडा हुन्छ । यसले आन्द्राको गतिविधिलाई प्रभावित पार्न सक्छ ।
दुग्धजन्य पदार्थ
केही व्यक्तिमा दूध तथा दूधबाट बनेका अन्य परिकार सेवन गर्दा कब्जियतको समस्या हुनसक्छ । दूधमा हुने प्रोटिन कब्जियतको कारण बन्ने र कब्जियतले पायल्सको समस्या निम्तिन सक्छ ।
रातो मासु
रातो मासु पचाउन धेरै समय लाग्छ, जसकारण कब्जियत जस्ता समस्या हुनसक्छ । कब्जियतले पायल्सको समस्या निम्त्याउँछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया