मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

के तपाईँलाई पनि भोक नलाग्ने समस्या छ ?  हुनसक्छ  यस्तो समस्या

कसैलाई धरै भोक लाग्ने समस्या हुन्छ भने कसैलाई भोक नलाग्ने समस्या । तर यी दुवै कुराले स्वास्थ्यमा असर गर्छ । सामान्यतया जाडो महिनामा खाना धेरै रुच्छ र गर्मी महिनामा खाना रुच्दैन भन्ने कुरा सुनिरहेका हुन्छौ । के तपाईँलाई पनि गर्मीमा भोक लाग्दैन ? 

आउनुहोस् गर्मी मौसममा भोक नलाग्ने, खाना अरुचि हुनुका कारणहरूका विषयमा छलफल गर्छौ ।  

गर्मीको मौसममा मानिसलाई डिहाइड्रेशन र सुस्तता महसुस हुन्छ । गर्मीमा खाना खाँदा शरीरमा आन्तरिक ताप उत्पन्न हुन्छ । यसले शरीरको तापक्रम बढ्छ र तपाईँलाई गर्मी महसुस हुन्छ ।

यही कारण धेरैलाई केही खान मन लाग्दैन गर्मीमा भोक नलाग्नु सामान्य कुरा हो । यस मौसममा भोक नलाग्ने धेरै कारणहरू हुन सक्छन् ।

उदाहरणका लागि, यस मौसममा उच्च तापक्रमका कारण पेय पदार्थ मात्रै पिउन मन लाग्छ, तर पूर्ण आहार खान मन लाग्दैन । यस अवधिमा मानिसलाई कब्जियत र पखाला जस्ता समस्या पनि हुन थाल्छ । यही कारणले गर्दा मानिसहरू हल्का खानेकुरा खान चाहन्छन् । 

भोक लागेन भनेर खाना नखाई बस्दा आउन सक्छ यस्ता स्वास्थ्य समस्या 

–गर्मीमा भोकै बस्ने र स्वस्थकर खाना खाएन भने शरीरको रोग प्रतिरोधात्मक क्षमता कमजोर हुन्छ ।

–गर्मीमा आफ्नो आहारभन्दा कम खाँदा शरीरमा कमजोरी आउने गर्छ ।

–खाना कम खाँदा पोषक तत्त्वको कमी हुन्छ । जसका कारण शरीर मौसमी रोग र सङ्क्रमणको सिकार हुन सक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?