काठमाडौँ— पछिल्लो समय सामाजिक सञ्जालमा ‘इन्टरनेट एपोक्यालिप्स’ अर्थात ‘इन्टरनेटको सर्वनाश’ भन्ने शब्दको प्रयोगलाई लिएर केही चर्चा चलिरहेका छन् ।
यसका साथै ‘सोलर म्याक्सिमम’ को बारेमा समेत छलफल भइरहेको छ ।
कतिपय खगोल अनुसन्धानकर्ताहरुले त ‘सोलर म्याक्सिमम’ प्रवृत्ति सन् २०२५ मा आफ्नो चरम सीमामा पुग्न सक्ने बताइसकेका पनि छन् ।
यस्तै सन् २०२५ मा जब ‘सोलर म्याक्सिमम’ उचाइमा पुग्छ तब पृथ्वीमा ‘इन्टरनेट एपोक्यालिप्स (Internet Apocalypse) को अवस्था समेत आउन सक्ने बताइएको छ ।
सामाजिक सञ्जालहरूमा धेरै पहिलेदेखि नै सन् २०२५ मा सौर्य आँधीले विश्वव्यापी इन्टरनेट सेवा बन्द हुन सक्ने अफवाहहरू फैलिएका थिए ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा प्रकाशित भएका रिर्पोटका अनुसार अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले भने यस्तो सम्भावनाबारे अहिलेसम्म कुनै टिप्पणी गरेको छैन ।
तर, इन्टरनेटको अन्त्य भयो भने सधैँ अनलाइन हुनेहरूले के गर्ने भन्ने विषयमा भने धेरै चर्चा तथा चिन्ता भने चलिरहेको छ ।
समाचार रिपोर्टका अनुसार त्यस्ता चिन्ताहरू पूर्णतया काल्पनिक भने होइनन् । तीव्र सौर्य आँधीका कारण समुद्रमुनि सञ्चार केबलको पूर्वाधारमा ठूलो असर पर्न सक्ने भने रिर्पोटमा जनाइएको छ ।
जसले लामो दूरीको इन्टरनेट कनेक्सनमा बाधा भने पुर्याउन सक्छ । यदि यस्तो भयो भने विश्वमा ठुलो आर्थिक असर पर्ने अनुमान गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया