मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

आज पोखरा तताउँदै प्रकाश दुतराज र भिटेन

पोखरा – पोखरामा आज प्रकाश दुतराज र भिटेनले प्रस्तुति दिने भएका छन् ।  १२औँ संस्करणको पोखरा सडक महोत्सवका अवसरमा उनीहरूले प्रस्तुति दिन लागेका हुन । 

महोत्सवमा नवौँ दिन आज पछिल्लो समयका चर्चित लोकदोहोरी गायक तथा सर्जक प्रकाश दुतराज र साँझको लाइभ कन्सर्टमा युवाहरूबिच चर्चित भिटेनको प्रस्तुति रहने महोत्सव प्रचार प्रचार संयोजक दिनेश सुनारले जानकारी दिए । 

उनीहरूसँगै आज महोत्सवमा लोकदोहोरी तर्फ सम्झना लामिछाने मगर, जीवन दाहाल, दिनेश काफ्ले, सुरेन्द्र गुरुङ, कल्पना आले, प्रेमराज अधिकारी, प्रिन्स लम्साल, अंकिता गुरुङ लगायतको प्रस्तुति रहने छ । 

आठौँ दिन हिजो एलिना चौहान संगै जीवन दाहाल, शिवहरी ढुंगाना, निश्चल दवाडी, सबिना गुरुङ, शान्ता बर्देवा, माधव चाँपागाई, कमला गैरे, बिनिता क्षेत्री, सुरेश भुर्तेल लगायतको प्रस्तुति रहेको थियो ।  साँझको लाइभब्याण्ड तर्फ मन्त्र ब्याण्डको लाइभ रहँदा कन्सर्टमा युवाहरू झुमेका थिए । 

आठौँ दिन सम्म आइपुग्दा महोत्सवमा दर्शकको उल्लेख्य सहभागिता रहेको र महोत्सवमा राखिएका स्टलहरूमा समेत उल्लेख्य मात्रामा कारोबार भइरहेको आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?