मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

चलचित्र ‘बुलाकी’ मा कर्णालीको संस्कार र संस्कृति छ : उपसभापति खड्का

काठमाडौँ – नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले नेपाली चलचित्र ‘बुलाकी’ मा कर्णालीको संस्कार र संस्कृति समेटिएको बताएका छन् । आज यहाँ नयाँ बानेश्वरस्थित एक चलचित्र भवनमा ‘बुलाकी’ को श्रव्यदृश्य ‘ट्रेलर’ र गीत सार्वजनिक कार्यक्रममा उपसभापति खड्काले कर्णालीको सौन्दर्यतालाई चलचित्रको माध्यमले विश्वभर पुर्‍याउन निर्माता तथा निर्देशकलाई आग्रह गरे ।

“आज यहाँ श्रव्यदृश्य हेरेपछि कलाकारको मेहनत र चयन गरिएको विषयका लागि धन्यवाद भन्न चाहन्छु । कर्णालीमा बुलाकी मूल गहनाको रूपमा लगाउने प्रचलन नै छ । यसमा त्यहाँको संस्कृति र सभ्यतालाई समेटिएको छ । यसले एउटा महिलाको माध्यमले राम्रो कथा भनेको आभास भयो”, उपसभापति खड्काले भने ।

आयोजित कार्यक्रममा शीर्ष भूमिकामा देखिनुभएकी अभिनेत्री सुरक्षा पन्तले आफ्नो लागि कर्णालीको पात्र पहिलो अनुभव रहेको बताए । उनले भने, “यसमा मैले हिरा नामक पात्रको भूमिका निर्वाह गरेकी छु । चलचित्रमा निःसन्तान हुँदा महिलाले भोग्नुपर्ने सास्ती र जारी प्रथाको विषय जोडिएको छ । यो कर्णालीको पृष्ठभूमिमा तयार गरिएको कथा भएता पनि हरेक क्षेत्र वा वर्गका महिलाले आफ्नोपन महसुस गर्नुहुनेछ ।”

आफ्नो पात्रलाई जीवन्त बनाउने अभिनेत्री पन्तले हिरा नामक पात्रको तयारी कर्णालीमै पुगेर गरेकी थिइन्। स्थानीय भाषा, लवजसँगै भेषभूषा र मनोविज्ञान बुझ्न आफू स्थानीयसँग घुलमिल भएको उनले सुनाइन् । चलचित्रका निर्माता तथा कलाकार विराज विष्टले पुनःसम्पादन गरेर प्रदर्शन गर्न लागेको बताए ।

चलचित्रमा अभिनेत्री पन्तसँगै नरेन खड्का, विराज विष्ट, सरस्वती खत्री, लक्ष्मी गिरी, सुशील पोखरेल, रमेश बुढाथोकी, कुलद्विप अधिकारी, झलनाथ खत्री, उपसना नेम्वाङ, लक्ष्मण देवकोटा, विनयराज पौडेल, सोनु सेढाइलगायत कलाकारले अभिनय गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?