मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

यी सात चरित्रका पुरुषसँग प्रेम नगर्नु नै राम्रो

काठमाडौँ-  जो कोही चाहन्छ आफ्नो प्रेम युगौँ युग टिकोस् । तर, प्रेमी चरित्र बुझ्न नसक्दा धेरैले धोका खान्छन् । प्रेम असफल हुन्छ ।

निराशाले मानिसलाई गाँज्छ । वियोगले धेरैको जीवन नै अस्तव्यस्त पनि हुन्छ । आज हामी प्रेममा युवतीले धोका नखान छान्नु पर्ने आफ्नो पार्टनरबारे जानकारी दिँदै छौँ ।

– केही युवतीहरू मिठो बोल्ने केटाको कुरामा छिट्टै विश्वास गर्ने र पछि गएर धोका पाउने गर्छन् । तर प्रेममा शब्द भन्दा पनि व्यवहार र मायाको मोल बढी हुन्छ । त्यसलाई युवतीले बुझ्न जरुरी हुन्छ ।

– यदि कोही केटा पहिलो भेटमा नै छिट्टै आफ्नोपन देखाउने र मिठा मिठा कुरा गर्न थाल्छन् भने तपाई सचेत हुनुहोस् । उनीहरू प्रेममा पर्न आतुरभन्दा पनि आतुर छन् र तपाईँलाई प्रभावमा लिन र तपाईँको शरीरसँग नजिक हुन् हतारिएका छन् भने तपाईँले बुझ्नुस् धोका खानुहुनेछ ।

– भेट्दा वा कुराकानीको क्रममा चाहिनेभन्दा बढी अथवा आवश्यकताभन्दा बढी तारिफ गर्ने केटाहरू प्रेमप्रति बफादार हुन सक्दैनन् । बरु तारिफको सट्टा कमजोरी औँल्याएर सुधार गर्ने प्रेरित गर्ने केटा सच्चा प्रेमी बन्न सक्छन् ।

– धोकेबाज चरित्रका युवकहरू बोल्न माहिर हुन्छन् । मिठो बोल्छन् उनीहरू युवतीलाई पट्याउन सुरुमा जे पनि गर्न तयार रहन्छन् । तर, मतलब सकिएपछि भने धोका दिन्छन् । मिठो बोल्नेहरूसँग आवश्यकताभन्दा बढी चिप्लो घस्नेहरूसँग पनि युवतीहरू सचेत रहनुपर्ने हुन्छ । यस्ता व्यक्तिहरू खतरनाक हुन्छन् ।

– अधिकांश प्रेम अर्थात् अधिकांश प्रेमी छिटो शारीरिक सम्बन्ध बनाउने चाहना राख्छन् । तर शारीरिक सम्बन्ध प्रेमको एक हिस्सा भनिए पनि यो प्रेमभित्र अनिवार्य भने होइन । त्यसैले शारीरिक सम्बन्धका लागि दबाब दिने पुरुषहरूसँग सचेत रहनुहोस् । नत्र जीवनभर पछुताउनु पर्नेछ ।

– गलत नियत भएका पुरुषको रहस्यमय व्यक्तित्व हुन्छ । प्रेमिकालाई भेट जाँदा उनीहरू म्यासेन्जर वा मोबाइलको इनबक्स खाली गर्छन् अर्थात् मेसेज डिलिट गर्छन् । यस्ता चरित्रका केटाहरू प्रेमको लागि योग्य हुँदैनन् ।

– प्रेममा सबैभन्दा ठुलो दायित्व भनेको आफ्नो प्रेमी वा प्रेमिकाको ख्याल राख्नु वा उसलाई संरक्षण गर्नु हो । तर, आजकाल प्रेममा पर्नु अघि अनेकौँ सपना देखाउनेहरू पछि एकाएक प्रवाह गर्न छाड्ने हुन्छन् । महत्त्वपूर्ण दिनहरू बिर्सने, प्रवाह गर्न छाड्ने र बहाना बनाउने गर्न थाल्छन् । यस्ता मान्छेहरू धोकेबाज हुन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?