मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

कोलोराडोको बोल्डरमा गुञ्जियो ‘नेपथ्य’

काठमाडौँ – चर्चित व्याण्ड नेपथ्यले  आफ्नो अमेरिका श्रृंखला २०२४ यात्राको सुरुवात कोलोराडोको बोल्डरबाट शुरु गरेको छ । 

अमेरिकाका सातवटा शहरहरुमा श्रृंखलावद्ध कन्सर्ट प्रस्तुत गर्ने हिसाबले साँगीतिक यात्रामा निस्केको नेपाली लोकरक ब्याण्ड नेपथ्यको पहिलो प्रस्तुती बोल्डरमा दिएको हो । 

‘सा कर्णाली’, ‘मै मरिजाउँला’  ‘कोशीको पानी यो जिन्दगानी’ जस्ता गीत प्रस्तुत भएको कन्सर्टमा दर्शकहरु ब्याण्डसंगै झुमे । 

कन्सर्टको अन्तिमतिर अमृत गुरुङले ‘गाउँगाउँबाट उठ’ सुनाएपछि हलभित्रको माहोल तै अर्कै बन्यो । नेपाली समुदायको उल्लेख्य उपस्थिति रहेको यो कन्सर्टमा  ‘रेशम’, ‘तालको पानी’ र  ‘रातो र चन्द्रसूर्जे’ जस्ता गीतले दर्शको उत्तेजनाको पारो ततायो । 

कन्सर्टमा मुख्य गायक अमृतलाई ड्रमसेटमा ध्रुव लामा, बेस गितारमा सुबिन शाक्य, गितारमा निरज गुरुङ, मादलमा शान्ति रायमाझी र किबोर्डमा दिनेशराज रेग्मीले सघाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?