मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

बजेट अभावमा नासाले बन्द गर्‍यो ‘भाइपर’ मिसन

काठमाडौँ – बजेट अभाव भएपछि अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले  आगामी रोबोटिक मिसन भाइपर खारेज गरेको छ। 

चन्द्रमाको दक्षिणी ध्रुव नजिकै अवतरण गर्न लागिएको यो रोभरले बरफको भण्डार अन्वेषण गर्ने लक्ष्य राखेको थियो। सन् २०२५ सम्ममा शुरु गर्ने भनिएको थियो यो मिसन अहिले आएर या त मिसन रद्द गरेको वा बेचेको बताइएको छ।

स्पेस डटकमको रिपोर्टअनुसार, भाइपर मिसन समाप्त गर्ने निर्णय जुलाई १७ मा टेलिकन्फ्रेन्समार्फत लिइएको थियो। मिसन रद्द गर्दा नासाको ८४ मिलियन डलर बचत हुने अपेक्षा गरिएको छ।

अन्तरिक्ष एजेन्सीले यस कार्यक्रममा हालसम्म करिब ४५० मिलियन डलर खर्च गरिसकेको छ, जसमा प्रक्षेपण लागत समावेश छैन।

यसरी कार्यक्रम रद्द गर्नु अन्तरिक्ष एजेन्सीको लागि निराशाजनक हुन सक्छ। तर, कार्यक्रममा जति काम गरेको छ त्यसमा सफल भएको नासा नेतृत्वको जोड छ। बजेटका कारण मात्रै मिसन सकिएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?