काठमाडौँ– अभिनेता राजेश हमालले नयाँ फिल्म साइन गरेका छन् । उनले करीब पाँच वर्षपछि फिल्ममा अभिनय गर्न लागेका हुन् ।
विज्ञापन र म्युजिक भिडियोमा सक्रिय हमालले चित्तबुझ्दो स्क्रिप्ट नआएको भन्दै फिल्ममा काम गर्न अस्वीकार गर्दै आएका थिए । आफूले नयाँ फिल्ममा काम गर्न लागेको हमालले सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन् ।
निर्माण टिमका अनुसार यो फिल्म एक्सन प्रधान रहनेछ । दिवाकर भट्टराईले निर्देशन गर्ने फिल्मको शीर्षक भने अझै तय भएको छैन । यसअघि हमालले फिल्म ‘सीता’ मा अभिनय गरेका थिए ।
‘लामो अन्तरालपछि दिवाकर भट्टराईले निर्देशन गर्ने चलचित्रमा काम गर्दैछु,’ हमालले सामाजिक सञ्जालमा लेखेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया