मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

स्वास्थ्य

अनुहारमा चमक ल्याउने ‘क्लिनजिङ’ विधि के हो ?

अनुहार सफा गर्ने एक प्रक्रियालाई नै क्लिनजिङ भनिन्छ । जसरी हाम्रो हात हेर्दा सफा नै देखिएपनि धँुदा फोहोर निस्कन्छ त्यसरी नै अनुहार पनि हेर्दा सफा नै भएपनि तर धुलोमैलो जमेर बसेको हुन्छ । यो विधिले अनुहारमा भएका फोहोर निकालिन्छ भने अनुहार सुकिलो र चम्किलो हुन्छ ।

यो विधिले अनुहार सफा राख्नुका साथै सँगसँगै यसमा भएको मोस्चरले अनुहार मुलायम बनाउँछ । साथै यसमा स्क्रबले ब्ल्याक हेड्स, ह्वाइट हेड्सहरु निकाल्ने भएकोले अनुहारमा ग्लो दिन्छ ।

कस्ता प्रकारका क्लिनजिङ गर्ने ?

क्लिनजिङका लागि कसरी गर्ने भन्ने सन्दर्भमा कस्तो छाला छ भन्ने कुरामा भर पर्छ । कसैको छाला चिल्लो हुन्छ, कसैको फुस्रो हुन्छ, कसैको ओइलीसँगै सेन्सेटिभ पनि हुन्छ । यसकारण छालामा कुन क्लिनजिङ क्रिम सुट गर्छ, सोही अनुरुप गर्ने गरिन्छ । सबैलाई एकै प्रकारको क्लिनजिङ गर्ने भने हुँदैन ।

कति समयको अन्तरालमा गर्ने

यदि फुर्सद छ भने पार्लरमै पुगेर हरेक पन्ध्र पन्ध्र दिनमा क्लिनजिङ गर्नु राम्रो हुन्छ । नभ्याएको खण्डमा घरमै क्लिनजिङ क्रिम लगेर आफैंले पनि सफा गर्न सकिन्छ ।

क्लिनजिङ र फेसियलमा फरक ?

क्लिनजिङ र फेसियलमा फरक हुन्छन् । क्लिनजिङ गर्दा अनुहार सफा मात्रै गरिन्छ भने फेसियलमा धेरैबेर मसाज गरिन्छ । जसमा उमेरअनुसारको मसाज पनि हुन्छ । फेसियलले अनुहारको रिन्कल हटाउने, ताजगीपन दिइरहने, अनुहारमा चमक ल्याउने काम गर्छ ।

क्लीनजिङले अनुहारमा ल्याउने परिवर्तन

–अनुहारको मैलो फाल्छ ।

–लगातार क्लिनजिङ गर्न थालियो भने अनुहारमा भएका दागहरु बिस्तारै हटेर जान्छन् ।

–ब्ल्याक हेड्स र ह्वाइट हेड्स कम हुँदै जान्छ ।

–अनुहारमा चमक ल्याउँछ ।

कुन उमेरका महिलाहरुले क्लिनजिङ गर्ने ?

क्लिनजिङका लागि यति नै भनेर उमेर समूह नै तोकिएको छैन । तर सामान्यतया १५ वर्ष पार भएका महिलाहरुले क्लिनजिङ गरिन्छ । क्लिनजिङ भनेको पुरै केमिकल मिसाएर विभिन्न क्रिमहरु अनुहारमा लगाउने पनि होइन । यसकारण अनुहारको फोहोर सफा गर्ने क्लिनजिङ जसले गर्नपनि मिल्छ ।

कतिको खर्चिलो छ ?

क्लिनजिङ गर्दा लाग्ने शुल्क संस्था अनुरुप फरक हुन्छ । सामान्यतया क्लिनजिङ गर्न ३५० देखि पाँच–छ सय रुपैयाँ सम्म पर्ने हुन्छ ।

अनुहार सफा र चम्किलो बनाउन अपनाउन सकिने उपायहरु

अनुहारको छालाका लागि पर्याप्त मात्रामा पानी पिउनुपर्छ । घाममा हिँड्दा सनग्लास, मास्कको प्रयोग गर्नुपर्छ । साथै बाहिर कतै जानु छ या घरमै बस्दापनि सनस्क्रिन लगाउने गर्नुपर्छ । साथै अनुहारमा मेकअप लामो समयसम्म सकेसम्म राख्नुहुँदैन । बिहान र बेलुका अनिवार्य रुपमा मुख धुने गर्नुपर्छ ।

(छालाको सौन्दर्यका लागि गरिने क्लिनजिङबारे ब्युटिसियन गरिमा सिम्खडासँग जोय नेपालका लागि सुस्मिता फुयाँलले कुराकानी गरेर तयार गरिएको सामग्री) 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?