मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

विमल भौकाजीसहित नौ जनालाई सम्मान गर्दै पन्त स्मृति प्रतिष्ठान

काठमाडौँ– पन्त स्मृति प्रतिष्ठानले नृत्यकला, चित्रकला, हास्यव्यङ्ग्य, समालोचना, समाजसेवालगायत विविध नौ विधामा स्थापना गरेका पुरस्कार आगामी शुक्रबार प्रदान गर्ने भएको छ । प्रतिष्ठानका अध्यक्ष इन्दु पन्तले आज जारी गरेको विज्ञप्तिअनुसार सदिच्छा बाल प्रतिभा पुरस्कार पूर्णिमा सिंहलाई, सीताश्री स्मृति सम्मान विनय हुमागाईंलाई, रु ५० हजार राशिको गोपालराज पन्त स्मृति सम्मान नरनाथ लुइँटेललाई, रामराज पन्त स्मृति सम्मान किरण आचार्यलाई प्रदान गरिने भएको छ ।

बाल प्रतिभा पुरस्कारको राशि रु दश हजार छ भने सीताश्री स्मृति सम्मानको राशि रु २० हजार छ । यसैगरी लोक संस्कृतितर्फको मैँया वासु पन्त स्मृति पुरस्कारबाट डा निर्मला पोखरेल, रु ५० हजार राशिको बन्धु पन्त स्मृति पुरस्कारबाट विमल भौकाजी, टीका मुकुन्द पन्त स्मृति पुरस्कारबाट युवराज मैनाली, रु दश हजार राशिको आमा इन्दिरा पन्त स्मृति सम्मानबाट सरिता अर्याल त्यतिनै राशिको सुशीला पन्त स्मृति बाल साहित्य पुरस्कारबाट सुशीला देउजालाई सम्मान गरिने छ ।

यही साउन २५ गते राजधानीमा आयोजना हुने प्रतिष्ठानको २३औँ वार्षिकोत्सवमा संस्कृतिविद् डा. जगमान गुरुङले ती पुरस्कार तथा सम्मान प्रदान गर्ने अध्यक्ष पन्तले विज्ञप्तिमा उल्लेख गरेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?